Loading...

एनआरएनए-एनसीसी इजरायलको निर्वाचनको पछिल्लो मत परिणाम सार्बजनिक

छिरिङ शेर्पाको प्यानलको अग्रता

Published Date: August 26, 2017

गैर-आवासीय नेपाली संघ समन्वय परिषद्को (एनआरएनए-एनसीसी) इजरायलको ०१७-२०१९ कार्यकालको लागि सम्पन्न निर्वाचनको  प्रारम्भिक मत परिणाम सार्वजनिक गरेको छ ।

साँझको करिब ८  बजेदेखि सुरु भएको उक्त मत गणनामा पछिल्लो पटक बाहिरिएको मतगणना अनुसार  २०० मत गन्दा आइसीसी सदस्य पदकी उम्मेदवार मञ्जु गुरुङले ६० मत प्राप्त गरेकी  छिन भने उनका प्रतिद्वन्दी  दिपक प्रसाद ओलीले  १२९ मतका साथ अग्रता लिइरहेका छन् ।

त्यस्तै अध्यक्ष पदकी उम्मेदवार बिमला खतिवडाले ६४ मत ल्याएकी छिन भने उनका प्रतिद्वन्दी छिऱिङ लामा शेर्पाले १२२ मतका साथ् अग्रता लिएका छन् । त्यस्तै  बरिष्ठ उदाध्यक्ष पदकी उम्मेदवार  सिता बिष्टले ६१ मत प्राप्त गरेकी छिन भने उनकी प्रतिद्वन्दी शान्त अधिकारी ज्ञवालीले १२१  मत प्राप्त गरी अग्रता लिएकी छिन ।

त्यसैगरी उपाध्यक्ष पदकी पदकी उम्मेदवार  भृकुटी बानियाँले ५६  मत प्राप्त गरेकी छिन भने उनकी प्रतिद्वन्दी उम्मेदवार  गोपी गुरुङले १२१  मत प्राप्त गरेकी छिन । त्यस्तै महा -सचिब पदका उम्मेदवार जीवन लिम्बु सुब्बाले ५९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वंदी उमेद्वार तेन्जिन  शेर्पाले १२४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सह-सचिव पदकी उम्मेदवार तारा देबी ढकालले ४९ मत प्राप्त गरेकी छिन भने उनकी प्रतिद्वन्दी उम्मेदवार निर्मला गुरुङले १२८ मत प्राप्त गरेकी छिन । त्यस्तै सचिब  पदकी उम्मेदवार नुतन भुसालले ६० मत प्राप्त गरेकी छिन, उनकी प्रतिद्वन्दी उमेद्वार रुकमाया रेग्मीले ११९ मत प्राप्त गरेकी छिन । त्यस्तै गरी सह-कोषाध्यक्ष पदकी उम्मेदवार शोभा लोहनीले ६० मत प्राप्त गरेकी छिन भने उनकी प्रतिद्वंदी उमेद्वार सावित्रा  कुमारी घिमिरे लुइँटेलले १२२  मतका  साथ् अग्रता लिएकी छिन ।

गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलले हालसम्मको मत गणनाको प्रारम्भिक नतिजा अनुसार छिरिङ शेर्पाको प्यानलले अग्रता लिइरहेको निर्वाचन समितिले जनाएको छ  ।

तेल अभिबको केन्द्रीय बसपार्कको तेस्रो तला स्थित एभेरेस्ट हलमा ५ बजे सम्म भएको निर्वाचनमा ११३५ मतदाता मध्य ७१८ मत खसेको थियो।

पहिलो १०० मत गन्दा सार्वजनिक मत परिणाम
दोस्रो १०० मत गन्दा सार्वजनिक मत परिणाम

 



Recent Post
Recommendation
आजको भिडियो
Loading...