कार्यक्रमहरु जुधाउने प्रवृत्तिको अन्त्य गर्न हिन्दु जागरण इजरायलको अपिल

Published Date: August 29, 2017

 बिगत ४ बर्ष देखि आफ्नो संस्कार , संस्कृति तथा  धर्म रक्षार्थ संस्था हिन्दु जागरण नेपाल अभियान इजरायलले  इजरायलस्थित संघ-संस्थाहरुले एकै समयमा उस्तै प्रकारका कार्यक्रमहरु आयोजना गरि इजरायल स्थित नेपालीहरुमा दोधारको  स्थिति सिर्जना भएको भन्दै आगामी दिनमा कार्यक्रम नजुधाई दिन हार्दिक अपिल गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।

हिन्दु जागरण इजरायलले स्थापना काल देखि नै आफ्ना धर्म र संस्कृतिसंग जोडिएका हरेक रास्ट्रीय पर्वहरु समयानुकूल मनाउदै आएको कुरा जानकारी गराउदै अब आउदा दिनहरुमा पनि धार्मिक गतिबिधिलाइ अन्यौलको स्तिथि सिर्जना गर्ने काम भएमा त्यसले आफैलाई हानि गर्ने हुनाले प्रतिस्पर्धात्मक तरिकाले नजान र यदि कोहि-कसैबाटयस्ता काम  भएमा त्यसलाई सचेत नागरिकको हैसियतले इजरायलस्थित  बुद्धिजीवी तथा नागरिक समाजलाई यसको बिरुद्ध खुलेर बिरोध उठाई दिनुहुन पनि संस्थाले सो प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ  ।

विज्ञप्तिको पूर्ण अंश यहाँ हेर्न सक्नुहुनेछ :-



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...