Loading...

हिन्दु जागरण इजरायलको नयाँ कार्यसमिति चयन, अध्यक्षमा सुमित्रा आचार्य भण्डारी

Published Date: September 1, 2017

एवान नेपाल डटकम , इजरायल

“धर्म द्वारा समाजको रुपान्तरण, धार्मिक हस्तक्षेप बिरुद्ध हाम्रो अभियान” भन्ने मूल नाराका साथ अगाडि बढेको धार्मिक संस्था हिन्दु जागरण नेपाल अभियान इजरायलले मिति २०१७/०८/२६ का दिन  इजरायलको तेलअभिबमा सुमित्रा आचार्य भण्डारीको अध्यक्ष्यतामा ४ जना बिशेष सल्लाहकार सहित ३० सदस्यीय  पूर्ण-कार्यसमिति चयन गरेको छ  

सस्थाले चौथो बर्ष पुरा गरेर पाचौ बर्षमा प्रवेश गरेको अवसरमा वार्षिकोत्सव कार्यक्रमसंगै पुरानो कार्यसमिति बिगठन गर्दै नयाँ पूर्ण-कार्यसमितिको घोषणा गरेको हो 

नियमित नीति -नियम र बिधि अनुसार शुरु गरिएको उक्त कार्यक्रममा संस्थाकी कोशाध्यक्ष मोनिका शर्माबाट सो संस्थाको गत १ बर्षभित्रको  आर्थिक प्रतिबेदन तथा संस्थाले  ४ बर्षसम्म गरेको आर्थिक सामाजिक सहयोगका कार्यहरु बारे पनि प्रतिबेदन प्रस्तुत गरिएको थियो तत्पश्चात नयाँ कार्यसमिति चयन प्रक्रिया  अगाडी बढाईएको थियो  

इजरायलको काम  र परिस्थिति अनुसार अघिल्लो हप्ता नै स्काईप कन्फरेन्स कल मार्फत छलफल गरि पूर्ण कार्य-समितिको  टुंगो लगाए पछी गत हप्ता तेल-अभिबमा पुर्ब- अध्यक्ष राम गोपाल भण्डारीको सभापतित्व तथा बरिष्ट महिला सल्लाहकार कोपिला देवकोटाको संयोजकत्वमा नयाँ  ३० सदस्यीय पूर्ण कार्यसमिति चयन गरिएको संस्थाले जानकारी गराएको  छ  समिति घोषणा भए संगै संस्थाका सम्पूर्ण व्यक्तित्वहरुलाई  पूर्व-अध्यक्ष्य राम गोपाल भण्डारी द्वारा  टिका लगाइदिदै  नयाँ समितिमा स्वागत गरिएको थियो भने केहि सम्माननीय व्यक्तित्वहरुलाई खादा सहित सम्मान गरिएको थियो  यसैक्रममा स्वागत मन्तब्य दिने क्रममा संस्थाकी बरिस्ठ महिला सल्लाहकार कोपिला देवकोटाले सो कार्यक्रममा  उपस्थित व्यक्तित्वहरु,  अतिथिहरु, संस्थाका सदस्यहरु लाई स्वागत गर्दै हिन्दुत्व बचाउन हामी सबै मिलेर लागि परे हाम्रो संस्कार र संस्कृति जोगिने हुनाले सबैलाई हिन्दु जागरण अभियानमा आवद्ध हुन  आग्रह पनि गर्नुभयो

गत हप्ता शनिबार दिउसो तेल-अबिबको लेभेन्सकी पार्कमा गरिएको उक्त कार्यक्रम संस्थाकी सचिब देबी कोइरालाले संचालन गर्नुभएको थियो भने संयोजक राम गोपाल भण्डारीले  सम्पूर्ण नयाँ कार्यसमितिलाई बधाई तथा कार्य-सफलताको शुभकामना दिदै कार्यक्रमको समापन गर्नुभएको थियो

पूर्ण कार्यसमितिको नामावली यसप्रकार रहेको छ :-



Recent Post
Recommendation
आजको भिडियो
Loading...