Loading...

एनआरएनए इजरायलले पुरानो कार्यसमितिलाई बिदाई कार्यक्रम गर्दै

Published Date: September 2, 2017

एवान नेपाल डटकम , इजरायल ।

गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलले आगामी १५ सेप्टेम्बर २०१७ शुक्रबार साँझ पुरानो कार्यसमितिलाई बिदाई गर्दै  नयाँ कार्यसमिति लाई स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम  आयोजना गर्न लागेको बताएको छ  । 

गत हप्ता २६ अगष्ट २०१७ शनिबारका दिन   इजरायलको तेल-अभिब स्थित तखाना मार्काजितको तेस्रो तल्लामा अवस्थित एभेरेस्ट हलमा २०१७ – ०१९ कार्यकालको लागि पाचौ अधिबेशन  निकै नै शान्ति र  सौहार्दपुर्ण बाताबरणमा सम्पन्नभएको थियो ।  समितिले अधिबेशन शान्ति र सौहार्दपुर्ण बाताबरणमा सम्पन्न गराउन सहयोग गर्नुहुने राजदुतावास लगायत मान्यजन वर्ग ,पंजीकृत सदस्यहरु , अनलाइन बेस  मिडियाकर्मीहरु लगायत सम्पूर्ण इजरायलबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक धन्यबाद प्रकट गरेको छ  ।  

समितिले शुक्रबार साझ यसोदमाला -४४ मा हुने उक्त  बिदाइ तथा शुभकामना आदानप्रदान कार्यक्रममा  सम्पूर्ण महानुभाबहरुमा गरिवामय उपस्थितिको लागि हार्दिक  निमन्त्रणा पनि सूचना मार्फत गरेको छ  ।

सुचनाको पूर्ण अंश यहाँ हेर्न सक्नुहुनेछ  :-

सूचना !सूचना !!सुचना !! सम्पूर्णमा नमस्कार !!! गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको २६ अगष्ट २०१७ (शनिबार) २०१७ देखि २०१९ कार्यकालको लागि पाचौ अधिबेशन सम्पन्न भएको छ !अधिबेशन सौहार्दपुर्ण बाताबरणमा सम्पन्न गर्नको निमित्त निर्बाचन समिति ,राजदुतावास लगायत सम्पूर्ण मान्यजन वर्ग ,पंजीकृत सदस्यहरु ,ओन्लाइन मिडिया कर्मीहरु लगायत सम्पूर्ण इजरायलबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक धन्यबाद ज्ञापन गर्दछौ !साथै आगामी १५ सेप्टेम्बर शुक्रबार साझ यसोदमाला -४४ मा बिदाइ तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हुदा सम्पूर्ण महानुभाबहरुमा गरिवामय उपस्थितिको लागि हार्दिक चुलो निमन्त्रणा गर्दछौ ! निर्मला गुरुङ सचिब तथा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल परिवार !!!

 



Recent Post
Recommendation
आजको भिडियो
Loading...