Loading...

जेष्ठ नागरीक क्लब उद्घाटन तथा भेला कार्यक्रम

Published Date: September 4, 2017

काठमाडौँ, १९ भाद्र । ए १ नेपाल समाचारदताः बिष्णु प्रसाद तिमल्सीना जेष्ठ नागरिकलाई सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यका साथ राजधानी लगायत देशका विभिन्न ठाउँहरुमा जेष्ठ नगारिक क्लबहरुको स्थापना हुन थालेका छन् । यसै परिप्रेक्ष्यमा काठमाडौँ महानगरपालिका वडा नं. ७ मा जेष्ठ नागरिक क्लबको उद्घाटन गरिएको छ । काठमाडौँ महागरपालिका मेयर बिध्यासुन्दर शाक्यले आज मैजुबहाल कुमारीगल काठमाडौँ स्थित जनता स्वास्थ्य केन्द्र सामुदायिक भवनको सभाकक्षमा आयोजित एक कार्यक्रमबीच जेष्ठ नागरिक क्लबको उद्घाटन गरेका हुन् ।
प्रमुख अतिथि काठमडौँ महानगरपालिका मेयर बिध्यासुन्दर शाक्यले काठमाडौँ उपत्यकामा रहेका बृद्दाहरुलाई उनीहरुमा रहेको अन्तरनिहीत क्षमतालाई प्रस्फुटित गर्दै उनीहरुको जीवनलाई उपलब्धीमुलक तुल्याउनको निम्ति रचनात्मक क्रियाकलाप गर्नको लागि महानगरपालिकामा प्रत्येक वडा र टोलटोलमा समेत यस्ता जेष्ठ नागरिक क्लबहरुको स्थापना गरिनुपर्ने आवश्यक रहेको औल्याउँदै यसबाट समाज र सांस्कृतिक पक्षको समेत जगर्नेमा थप टेवा पुग्ने कुरामा जोड दिनुभयो ।
काठमाडौँ महागनरपालिका वडा नं. ७ का प्रमुख सुद्धकुमार डंगोलको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा वडा नं. ७ की सचिव कुमारी राई, वडा नं. ७ का वडाध्यक्ष सुद्धकुमार डंगोल, सदस्यहरु कृष्ण घिमिरे, कृष्णमणी भट्टराई, निर्मला पुडासैनी र चन्द्रकला सुन्दास साथै ७ नं. वडाकार्यालयका कर्मचारीहरू बिमल ज्ञवाली, नकुल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानीय सामाजिक, धार्मिक, आर्थिक तथा शैक्षिक संघसंस्थाका प्रतिनिधिहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।
सो कार्यक्रम स्थानीय ९८ वर्षका जेष्ठ नागरिक डा. गौरीशंकरलाल दास, पूर्व न्यायधीश श्रीमान् रामनगिमा सिंह, श्यामलाल उदास लगायत व्यक्तित्वहरुको समेत सहभागितका साथ उक्त जेष्ठ नगारिक क्लब जिम्मेवारी सम्हाल्ने भएका छन् ।



Recent Post
Recommendation
आजको भिडियो
Loading...