Loading...

एनआरएनए इजरायल २०१७-०१९ को पहिलो बैठक, प्रवक्ता तथा सदस्य मनोनित

विशेष कार्यक्रम गरी पुरानो कार्यसमितिको विदाई गरिदै

Published Date: September 8, 2017

एनआई न्युज इजरायल

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलले डोमां शेर्पालाई प्रवक्तामा र सुर्यमाया आचार्य (सुमित्रा भण्डारी), पेमा डोल्मा ह्योल्मो र मुना आधिकारीलाई सदस्यमा मनोनयन गरेको छ ।

एनआरएनए- एनसिसी इजरायलको २०१७-०१९ कार्यकालको लागि भएको पाँचौ अधिवेशन पश्चात नव निर्वाचित कार्यसमितिको गत २९ अगस्त मंगलवार तेलअभिवको नेभेसना मार्ग २० स्थित संस्थाको सचिवालयमा बसेको पहिलो बैठकले एनआरएनए इजरायलको विधानको परिच्छेद ७ को धारा ९ मा व्यवस्था गरे अनुरुप  उल्लेखित सदस्यहरुलाई मनोनयन गरिएको हो ।

नवनिर्वाचित अध्यक्ष छिरिङ लामा शेर्पाको अध्यक्षतामा बसेको उक्त बैठकले संस्थाको संरक्षकमा निवर्तमान बरिष्ठ उपाध्यक्ष विशाल ज्ञवालीलाई चयन गरेको छ भने बरिष्ठ सल्लाहकारमा नवराज खड्कालाई चयन गरेको छ । त्यस्तै सल्लाहकारहरुमा पत्रकार श्रीकृष्ण भण्डारी, निवर्तमान कोषाध्यक्ष तारा काउचा र भुतपूर्व आइसिसी सदस्य सुवास खरेललाई चयन गरिएको छ ।

त्यसैगरी बैठकले पुरानो कार्यसमितीलाई विदाई तथा इजरायलमा रहेका सम्पूर्ण संघ संस्था तथा इजरायलवासी नेपालीहरुमा विशेष धन्यवाद ज्ञापन गर्ने उद्देश्यले आगामी १५ सेप्टेम्वर शुक्रवार विशेष कार्यक्रमको आयोजना गर्ने निर्णय गर्दै बरिष्ठ उपाध्यक्ष शान्ती ज्ञवाली अधिकारीको संयोजकत्वमा समिती समेत गठन गरेको छ ।

यसोधमला ४४ स्थित एक हलमा साँझको ठिक ८ बजेबाट शुरुवात हुने उक्त कार्यक्रममा पुरानो कार्यसमितीलाई विशेष सम्मान सहित विदाई गरिने छ भने मनोनित सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिने छ  ।



Recent Post
Recommendation
आजको भिडियो
Loading...