Loading...

हिन्दु जागरण इजरायलले ‘माहा-शिवरात्री तथा श्री स्वस्थानी कार्यक्रम-२०७४’ बिशेष रुपले मनाउने

Published Date: September 17, 2017

एवान नेपाल डटकम , इजरायल ।

धर्म परिबर्तनमा रोक लगाउने बिशेष अभियानका साथ् अगाडी बढिरहेको धार्मिक संस्था हिन्दु जागरण नेपाल अभियान इजरायलले आउने ‘माहा-शिवरात्री तथा श्री स्वस्थानी ब्रतकथा समापन कार्यक्रम २०७४’ नेपालबाट आउनुहुने  बिशेष आध्यात्मिक व्यक्तित्वको समुपस्थितिमा हुने जानकारी गराएको छ ।

धर्मप्रति आस्था र विश्वास राख्नुहुने इजरायलबासी सम्पूर्णमा तथा  धार्मिक तथा बौद्धिक प्रबचनको लाभ लिन चाहनेहरुको लागि पनि र उपयुक्त समय पनि मिल्न गएको हुनाले जागरणले गत बर्ष जस्तै यस बर्ष पनि बिशेष रुपले कार्यक्रम आयोजना गर्न आवश्यक गृहकार्य शुरु गरेको जनाएको छ ।

श्री स्वस्थानी तथा माहा-शिवरात्रि पर्ब केहि महिना पछी भए पनि हिन्दु जागरणले इजरायलबासि सम्पूर्ण धार्मिक मनहरुमा  जानकारी सहितको  समाचार सम्प्रेषणको लागि एवान नेपाल डटकमलाई जानकारी  गराएको छ । यसका साथै आध्यामिक गुरु ल्याउने सन्दर्भमा सस्थाले कुन गुरु ल्याउने भन्ने कुरा स्पस्ट भइ-नसकेको हुनाले अबको केहि दिनपछि समाचार मार्फत सार्बजनिक गर्ने जनाएको छ ।

अन्त्यमा संस्थाले कार्यक्रमलाई भब्य र सभ्यताका साथ् आयोजना गर्नका लागि इजरायलमा हुनुहुने इजरायलबासी मान्यजन तथा व्यक्तित्वहरु, सम्पूर्ण धार्मिक, सामाजिक तथा जातीय संघ-संस्थाहरु , अनलाइन-बेस मिडीयाकर्मिहरु तथा इजरायलबासी सम्पूर्ण धार्मिक मनहरुमा सहयोग, सहकार्य तथा हार्दिक उपस्थितिको लागि अनुरोध समेत गरेको छ ।



Recent Post
Recommendation
आजको भिडियो
Loading...