Loading...

एनआरएनए-आइसिसी युवा संयोजकमा उम्मेदवारी दिने दिपक ओलीको घोषणा

Published Date: September 18, 2017

गैरआवासीय नेपाली संघ (एनआरएनए -एनसिसी) इजरायलका आइसिसी सदस्य दिपक प्रसाद ओलीले   गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए-आइसिसी) को यूवा संयोजक पदमा उमेदवारी दिने घोषणा गरेका छन् ।

ओलीली सामाजिक संञ्जाल फेसवूकमा  “युवा प्रतिनिधीमा मेरो उम्मेदवारी, दृढ संकल्प सहित पुरा गर्छु जिम्मेवारी” भन्ने चुनाली नारा सहितको फ्लाएर अपडेट गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले यसअघि  एनआरएन इजरायलको अध्यक्ष तथा अहिले दोस्रो पटक एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसी)को सदस्यका रुपमा रहेका छन् ।

गैर आवाशिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको अक्टुवर १४ देखि १७ सम्म काठमाण्डौमा सम्पन्न हुन गइरहेको आठौं महाधिवेशनमा उम्मेदवारी दिने घोषणा गर्दै ओलीले देश विकाशमा यूवाको भुमिका महत्वपूर्ण हुने गरेता पनि वैदेशिक रोजगारीमा  रहेका नेपालीहरुबाट मुलुकले रेमिटान्स बाहेक खासै लाभ लिन नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै  ओलीले  आफ्नो जीतले नेपाल सरकारसँगको समन्वयमा विदेशमा रहेका  तमाम युवा जनशक्तिबाट मुलुकले प्रत्यक्ष लाभ लिन सक्ने वातावरण  सृजना गर्न हदैसम्मको पहल  गर्ने  प्रतिवद्धता जाहेर गरेका छन् ।

नेपाल इजरायल डट नेटसँग कुरा गर्दै ओलीले वर्तमान नेतृत्वले अघि सारेको  लाप्राक नमुना वस्ती निर्माण सम्पन्न, एनआरएनको भिजन ट्वान्टी-ट्वान्टी एण्ड वियोन्ड, समुहिक लगानीका परियोजना निर्माण लगायतका कार्यक्रमहरुलाई अगाडि वढाउन हदैसम्मको दवाव सृजना गर्ने प्रतिवद्दता समेत जनाएका छन् ।

 “युवा संयोजकमा यो पालीलाई, हजुरहरुको अमूल्य मत दीपक ओलीलाई !” भन्दै ओलीले आफूलाई अत्याधिक वहुमतले विजयी गराउन सम्पूर्ण गैह्र आवासिय नेपालीहरुमा हार्दिक अपिल गरेका छन् ।



Recent Post
Recommendation
आजको भिडियो
Loading...