Loading...

राष्ट्रिय तामाङ घेदुङ इजरायलद्वारा वाढी पिडित र क्यान्सर पिडितलाई आर्थिक सहयोग

२८५४ओ सोनाम ल्होछार मनाउने तयारी, ३ जना कलाकार इजरायल आउदै

Published Date: October 4, 2017

४ अक्टूवर इजरायल – राष्ट्रिय तामाङ घेदुङ इजरायलले कोशी बाढी पिडित र क्यान्सर पिडित १५ बर्षिया फुलमाया तामाङलाई एक मुस्ट २ लाख १९ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

राष्ट्रिय तामाङ घेदुङ इजरायलले आफ्नो संस्थाका पदाधिकारी तथा सदस्यहरु र  अन्य इजरायलवासी नेपालीहरुबाट संकलन गरिएको कुल २ लाख १९ हजार रुपैयामा १ लाख १९ हजार रुपैया कोशी बाढी पिडितलाई र बाँकी १ लाख रुपैया आर्थिक अवस्था एकदमै कमजोर रहदा उपचारमा कठिनाई व्यहोर्दै आइरहेकी जिम्वा गाउँ पालिका -४ ओखलढुंगा निवासी क्यान्सर रोगबाट पिडित फुलमाया तामाङलाई न्यूज २४ बाट प्रसारण हुदै आइरहेको वहुचर्चित कार्यक्रम सिधा प्रश्न जनतासँग मार्फत हत्सातन्तरण गरिएको हो । ३ अक्टूवर मंगलवार सिधा प्रश्न जनतासँगको स्टूडियोमै पिडित फुलमाया तामाङका वावु विरमान तामाङलाई हस्तान्तरण गरिएको थियो । वाढि पिडितकोलागि हस्तान्तरण गरिएको रकम भने कार्यक्रम संचालक रवी लामिछाने लगायतको टोलिले वाढिवाट पिडित भई प्रयाप्त रुपमा राहत पाउन नसकेका पिडितहरुको पहिचान गरी छिट्टै नै वितरण गरिने कार्यक्रम रहेको राष्ट्रिय तामाङ घेदुङ इजरायलका संयोजक विक्रम लामाले नेपाल इजरायल डट नेटलाई जानकारी दिनु भयो ।

त्यसैगरी राष्ट्रिय तामाङ घेदुङ इजरायलले यस बर्षको सोनाम ल्होछार २८५४औं नागी ल्हो (कुकुर वर्ग) चर्चित राष्ट्रिय कलाकारहरुलाई निमन्त्रणा गरी रात्री भोज तथा विविध सांगितिक कार्यक्रमको साथमा मनाउने भएको छ ।

१९ जनवरी २०१८ शुक्रवार तेलअभिवको इभ पार्टी प्यालेसमा आयोजना गरिने उक्त सोनाम ल्होछार  नागी ल्हो विशेष कार्यक्रममा ३ जना राष्ट्रिय कलाकारहरु चर्चित गायक आशिश्व लामा, शशिकला मोक्तान र कर्म दोङको साथमा स्थानिय कलाकारहरुको पनि जोडदार प्रस्तुती रहने संयोजक विक्रम लामाले बताउनुभयो ।  लामाले कार्यक्रम ऐतिहासिक हुने दावी गर्दै इजरायलमा रहनु भएका सम्पूर्ण तामाङ दाजुभाई दिदीवहिनीहरु लगायत सम्पूर्णमा उपस्थितीको लागि हार्दिक अनुरोध गरेका छन् ।



Recent Post
Recommendation
आजको भिडियो
Loading...