Loading...

एनआरएनए अध्यक्षमा जमुना गुरुङको उम्मेदवारी घोषणा आज

Published Date: October 12, 2017

काठमाडौं, २६ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौ विश्व सम्मेलनको लागि जमुना गुरुङले अध्यक्षमा उम्मेदवारी दिनु हुने भएको छ ।

हिजो बेलुकी विभिन्न देशबाट आएका प्रतिनिधिहरुसँगको भेटपछि आएको दवावका कारण अध्यक्षमा गुरुङले उम्मेदवारी घोषणा गर्न लाग्नुभएको हो । आज दिउँसो १२ बजे होटल ¥याडिसनमा उहाँको उम्मेदवारी घोषणा हुनेछ ।

वर्तमान अध्यक्ष शेष घलेको सपना पूरा गर्न र भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोडको प्रस्तावलाई कार्यान्वयनमा ल्याउन घले पत्नी समेत रहनुभएका गुरुङको उम्मेदवारी आवश्यक रहेको भन्दै माग व्यापक रुपमा आएपछि अध्यक्षमा उम्मेदवारी दिने अन्तिम निर्णय भएको हो ।

यसअघि नै अध्यक्षको लागि उपाध्यक्ष भवन भट्ट र सल्लाहकार टिबी कार्कीले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।

विश्व सम्मेलन यही असोज २८ देखि ३१ सम्म काठमाडौमा हुँदैछ । सम्मेलनको लागि विश्वभर रहेका ७८ वटा देशबाट करिब साढे दुई हजार प्रतिनिधि सहभागी हुँदैछन् ।



Recent Post
Recommendation
आजको भिडियो
Loading...