Loading...

बेलायती लेखकको नेपाली पुस्तक

Published Date: October 27, 2017

काठमाडौं, १० कात्तिक । मानवशास्त्री तथा इतिहासविद प्रा.डा. आलन क्यामफार्लनले लेखेको लिलीलाई पत्रहरु : संसार कसरी चल्छ ? को नेपाली संस्करण आज लोकार्पण गरिएको छ ।

लेखक आलन नेपाल आएको अवसरमा नेपाली संस्करणको लोकार्पण गरिएको हो । त्रिभुवन विश्वविद्यालय मानविकी संकायका डीन प्रा.डा. शीवलाल भुसाल, मानवशास्त्री प्रा.डा. ओम गुरुङ, लेखक स्वयमले नेपाली संकरणको सामूहिक विमोचन गर्नुभयो ।

आफ्ना नातिनी लिलीलाई सम्बोधन गरेर लेखक आलनले लेखेको ३० पत्रमध्ये नौं वटाको नेपाली अनुवादित अंश हो । यो पुस्तक टेकबहादुर गुरुङ र अनिता गुरुङले नेपालीमा अनुवाद गर्नुभएको हो ।

राजधानीमा आयोजित कार्यक्रममा पुस्तकको समीक्षा गर्दै प्रा.डा. ओम गुरुङले पुस्तक जीवन र जगत बुझ्नका लागि सहज हुने बताउनुभयो । कार्यक्रममा प्रा.डा भुसालले आलनले लेखेको पुस्तकले नेपाली भाषामा अनुवाद भई प्रकाशनमा आउनुले नेपाली पाठकका लागि एउटा नयाँ स्वाद थप्ने विश्वास व्यक्त गर्नुभयो ।
रत्नपुस्तक भण्डारले प्रकाशनमा ल्याएको छ । पुस्तकमा नौं वटा पत्र समावेश छ । लेखक आलनले ५० वर्षदेखि थाक क्षेत्रका जनजीवन र अवयवका बारेमा खोज अनुसन्धान गर्नुभएको छ । विशेषतः गुरुङ समुदायबारे उहाँले अनुसन्धान गर्दै विद्यावारिधी समेत गर्नुभएको छ ।



Recent Post
Recommendation
आजको भिडियो
Loading...