Loading...

अन्ततः बालकृष्ण ढुंगेल सातदोबाटोबाट पक्राउ, सीआईबीको हिरासतमा

Published Date: October 31, 2017

काठमाडौं, १४ कात्तिक । माओवादी नेता एवं पूर्वसभासद बालकृष्ण ढुंगेल अन्ततः पक्राउ परेका छन् । ललितपुरको सातदोबाटोबाट मंगलबार विहान ११ बने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले उनलाई पक्राउ गरेको हो । उनलाई सीआईबीकै हिरासतमा राखिएको छ ।

सर्वोच्च अदालतले हत्यारा सावित गरेका ढुंगेललाई पक्राउ गर्न प्रहरीमाथि लामो समयदेखि दबाब थियो । तर प्रहरीले ‘नभेटिएको’ भन्दै उनलाई पक्राउ गर्न आलटाल गर्दै आएको थियो । तर दोषी ठहर गरेको लामो समयसम्म पनि प्रहरीले पक्राउ गर्न नसकेको भन्दै आईजीपीमाथि नै मानहानीको मुद्दा दायर भएपछि उनलाई पक्राउ गर्न प्रहरी सक्रिय भएको थियो ।

ओखलढुंगाकै स्थानीय उज्जन कुमार श्रेष्ठ हत्या मुद्दामा सर्वाेच्च अदालतले उनलाई दोषी ठहर गरेको थियो ।



Recent Post
Recommendation
आजको भिडियो
Loading...