Loading...

इजरायलमा विशेष कार्यक्रमको साथमा सोनाम ल्होछार पर्व मनाइदै

विशेष रात्रीभोजको व्यवस्था

Published Date: November 30, 2017

रोजगारीको शिलशिलामा इजरायलमा रहेका तामाङ समुदायद्वारा  तामाङ जातिको धर्म, संस्कृति, भाषा भेसभुषाको जगेर्ना गर्दै जातिय हक अधिकारको सुनिश्चितताको निम्ति स्थापना गरिएको राष्ट्रिय तामाङ घेदुङ इजरायलले  ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको उपस्थितीमा विशेष रात्री भोजको साथमा यस बर्षको तामाङ समुदायको महान पर्व  नागी ल्हो ( कुकुर वर्ग ) २८५४औे सोनाम ल्होछार मनाउने भव्य तयारी गरेको छ ।

राष्ट्रिय तामाङ समाज घेदुङ इजरायलले  यस वर्ष  २८५३ औ झ्या ल्हो (चरा बर्ग) को बिदाइ तथानागी ल्हो ( कुकुर  बर्गको स्वागत गर्दै नयाँ बर्षको अबसरमा चर्चित राष्ट्रिय कलाकारहरु चर्चित तामाङ गायक सेलो तथा आधुनिक गायक अशुसेन लामा, चर्चित सेलो तथा प्ले व्याक गायिका शशिकला मोक्तान र चर्चित लोक पप गायक डीबी लोप्चनको उपस्थितीमा आगामी १९ जनवरी २०१८ शुक्रबार याद खरुचिम १५ स्थित इभ पार्टी प्यालेसमा आयोजना गरिने उक्त कार्यक्रममा स्थानीय कलाकारहरूको समेत थुप्रै मनोरञ्जनात्मक प्रस्तुती रहने आयोजकले बताएका छन् ।

साँझको ठिक ७ बजेबाट शुरुवात गरिने उक्त कार्यक्रममा उपस्थित दर्शक दिर्घालाई थप मनोरंजन प्रदान गर्न  एभरेष्ट डिस्कोका डिजे विपिन तामाङको साथमा रातभर डिस्को म्यूजिकमा  भरपुर मनोरञ्जन लिन सकिने आयोजकले बताएका छन् । त्यस्तै आयोजकले कार्यक्रमलाई थप आकर्षक वनाउदै साथमा भर्खरै बजारमा निस्किएको सामसुङको स्मार्ट फोन सहित विभिन्न आकर्षक उपहारहरुको साथमा भाग्योदय चिठ्टाको पनि व्यवस्था गरिएको बताएका छन् ।

त्यस्तै आय़ोजक राष्ट्रिय तामाङ समाज घेदुङ इजरायलले इजरायलमा रहेका सम्पूर्ण ज्योज्यो आले नाना आङा भुरिङ तथा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुलाई आफ्नो सांस्कृतिक पर्वमा सहभागिता जनाई कार्यक्रमवाट भरपुर मनोरञ्जन लिन अनुरोध गरेको छ ।

 



Recent Post
Recommendation
आजको भिडियो
Loading...