६७ प्रतिशत मत खस्यो, छिटपुट बाहेक शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न

Published Date: December 7, 2017

काठमाडौं २१ मंसिर । नयां संविधान लागू भएपछि संघीय संसद र प्रादेशिक संसदका लागि भएको दुवै चरणको निर्वाचन छिटपुट बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मंसिर २१ गते भएको निर्वाचनमा ६७ प्रतिशत भन्दा बढी मत खसेको प्रारम्भिक अनुमान गरिएको निर्वाचन आयोगले जनाएको छ ।
गत स्थानीय चुनावको तुलनामा कम मतदान हुनुमा दशैं तिहार छठ जस्ता पर्व पछि धेरै जसो युवायुवती विदेशमा काम गर्न गएका कारणले पनि हुनसक्ने अनुमान गरिएको छ ।

आयोगले सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मतदान भएको जनाएको छ ।

आज प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ क्षेत्रमा मतदान भएको थियो ।
गत महिनाहरुमा भएको स्थानिय चुनावमा झण्डै ७८ प्रतिशत मतदान भएको थियो । स्थानीय तहमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको थियो ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...