हिन्दु जागरण इजरायलले श्रीस्वस्थानी फूलपाती बिसर्जन तथा महाशिबरात्री कार्यक्रम भव्यताका साथ आयोजना गर्ने

हिन्दु जागरण इजरायलको निमन्त्रणा भगवत वाचिका गुरु माता राधिका दासजी इजरायल आउदै

Published Date: December 10, 2017

 

“धर्म द्वारा समाजको रुपान्तरण, धार्मिक हस्तक्षेप बिरुद्ध हाम्रो अभियान” भन्ने मूल नाराका साथ नेपाली माटोका सनातन धर्महरुको रक्षार्थ बिशेष महाअभियानका साथ आगाडि बढिरहेको हिन्दु धर्मालम्वीहरुको धार्मिक संस्था हिन्दु जागरण नेपाल अभियान इजरायलले गएका बर्षहरु जस्तै नेपालकी प्रख्यात भगवत बाचिका गुरु माता राधिका दासजीको उपस्थितीमा श्रीस्वस्थानी फूलपाती बिसर्जन तथा महाशिबरात्री पर्व भव्यताका साथ मनाउने भएको छ ।

हिन्दु जागरण नेपाल अभियान इजरायलले आगामी १६ फेब्रुअरी २०१८  शुक्रबारका दिन गुरु माता भगवत वाचिका राधिका दासजी को  उपस्थितिमा बृहत आध्यात्मिक प्रवचन कार्यक्रमक आयोजना गरी शिवरात्री पर्व मनाउने भएको हो । हिन्दु धर्मालम्बीहरुको बिशेष धार्मिक पर्व श्रीस्वस्थानी तथा माहाशिबरात्रीको अवसरमा आयोजना गरिने बृहत धार्मिक प्रवचनमा इजरायल बासि सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाई भिभिन्न धर्मालम्बीहरु हिन्दु, बौद्ध,किराँत बोम्पो जो कोही ले पनि आध्यात्मिक लाभ लिन सकिने आयोजकले बताएका छन् ।

अभियानले हरेक यो बर्ष पनि आयोजना गरिने  धार्मिक कार्यक्रमको तयारी तिब्रताका साथ आगाडी बढिरहेको कुरा संस्थाकी अध्यक्ष सुमित्रा आचार्य भण्डारीले जानकारी गराउनु भएको थियो | कार्यक्रमको भोली  पल्ट शनिवार १७ फेब्रुअरी गुरुमाता राधिका दासजीको साथमा इजरायलको रमणीयस्थल मृतसागर साथै अन्य मनोरञ्जनात्मक स्थलको भ्रमण राखिएको हुनाले भ्रमणप्रेमी मित्रहरुलाई हिन्दु जागरण नेपाल अभियान इजरायलले चालेको धार्मिक र आध्यात्मिक पाइलाहरुमा साथ र सहयोग गरी कार्यक्रम सफल पार्नको लागि अनुरोध गर्दछौ |

अन्त्यमा संस्थाले कार्यक्रमलाई भब्य र सभ्यताका साथ् आयोजना गर्नका लागि इजरायलमा हुनुहुने इजरायलवासी मान्यजन तथा व्यक्तित्वहरु, सम्पूर्ण धार्मिक, सामाजिक तथा जातीय संघ-संस्थाहरु , अनलाइन मिडियाकर्मीहरु तथा इजरायलवासी सम्पूर्ण धार्मिक मनहरुमा सहयोग, सहकार्य र कार्यक्रम नजुधाइदिन अपिल गर्दै  उपस्थितिको लागि  हार्दिक अनुरोध  समेत गरेको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...