एनआरएनए इजरायलद्ववारा दूतावासमा ध्यानाकर्षण पत्र पेश

Published Date: December 26, 2017

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलले नेपाली राजदूतावासमा एनआरएनको डेस्क स्थापना, नेपाली कामदारहरुलाई सहज रुपमा इजरायल ल्याउन जिटूजी प्रक्रियाका अलावा अन्य प्रक्रियाहरुकोलागि पहल गर्न, कामदारहरुको सुविधालाई दृष्टिगत गर्दै दुतावासको कार्यालय वन्द रहने समय वाहेक अन्य कुनै दिन पनि सेवाग्रहीलाई सुविधा प्रदान गर्ने, इजरायलमा कामदारहरु विच हुने गरेका लेनदेनका विषयमा सुनुवाई गरिदिने विषय लगायत नेपाली राजदूताबास इजरायलको कार्यालय तेलअभिवमा आउने विभिन्न खाले समस्याहरुको सामुहिक समाधान खोज्ने विषयहरु समाविष्ट ६ वुंदे ध्यानाकर्षण पत्र पेश गरेको छ ।

एनआरएनए- एनसिसी इजरायलका अध्यक्ष छिरिङ लामा शेर्पाको नेतृत्वमा गएको टोलीले  गत २४ डिसेम्बर २०१७  आइतवार  संस्थाको कार्य समितिको विभिन्न चरणहरुमा बसेको बैठकले निर्णय गरे बमोजिम  घोषणा पत्रमा उल्लेखित केही वुंदाहरुलाई समेत समेटी महामहिम राजदुत   निरञ्जन कुमार थापालाई उक्त  ध्यानाकर्षण पत्र  बुझाएको एनआरएनए इजरायलकी प्रवक्ता डोमा शेर्पाले जानकारी दिनु एक वक्तव्य मार्फत जानकारी गराएकी छिन ।

नेपाली राजदूतावाससँग डेलिगसनको लागि समेत गएको उक्त टोली र नेपाली राजदूत थापा लगायत दूतावासका कर्मचारीहरु विच पत्रमा उल्लेखित बुंदाहरुका विषयमा छलफल  भएको थियो । छलफल पश्चात उल्लेखित विषयहरुमा सकारात्मक धारणाहरु राख्नुहुदै राजदूत थापाले ती विषयहरुलाई यथासंभव  कार्यन्वयन गरिने प्रतिबद्धता जनाउनुभएको थियो ।

अध्यक्ष छिरिङ्ग लामा शेर्पाको नेतृत्वमा दूतावास पुगेको उक्त टोलिमा आई सि सि सदस्य दिपक प्रसाद ओली , संरक्षक बिशाल ज्ञवाली , प्रबक्ता डोमा शेर्पा , बरिष्ठ उपादक्ष्य शान्ता अधिकारी ज्ञवाली , उपाध्यक्ष गोपी गुरुङ , सचिब निर्मला गुरुङ र कार्यकारी सदस्य सुमित्रा भण्डारी रहनुभएको थियो ।

ध्यानाकर्षणको पू्र्ण पाठ :



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...