आठौं विन्ध्यवासिनी म्युजिक अवार्ड–२०७४ , हुरीमा दियोलाई ह्याट्रिक अवार्ड

Published Date: December 31, 2017

आठौं विन्ध्यवासिनी म्युजिक अवार्डमा यसपटक सुगम संगीततर्फ रामकृष्ण ढकालको म हुरीमा…गीतले ह्याट्रिक गरेको छ । यो गीतबाट सुगम संगीत सर्वोत्कृष्ट गायन पुरुषतर्फ रामकृष्ण ढकालले, सुगमसंगीत सर्वोत्कृष्ट गीत रचनातर्फ रमेश बीजीले र सुगम संगीत सर्वोत्कृष्ट संगीतकारतर्फ राजेश थापाले विन्ध्यवासिनी अवार्ड प्राप्त गरे । गायक रामकृष्ण ढकालले नै गीतिसंग्रह आवरणबाट वर्षको सर्वोत्कृष्ट एल्बमको अवार्ड प्राप्त गरे ।

शनिबार दिउँसो विन्ध्यवासिनी म्युजिक फाउन्डेसनले राजधानीको आर्मी अफिसर्स क्लबमा आयोजना गरेको ‘आठौं मुक्तिनाथ विकास बैंक विन्ध्यवासिनी म्युजिक अवार्ड–२०७४’मा सुगम संगीत सर्वोत्कृष्ट गायन महिलातर्फको अवार्ड फुल्नु भन्दा…गीतबाट श्रेयशी चेम्जोङ लिम्बूले, सुगम संगीत सर्वोत्कृष्ट गीतको अवार्ड आज फेरि…बाट वीरेन्द्र पाठकले, सुगम संगीततर्फ नै ध्वनि मुद्रणको अवार्ड दर्शन नमस्ते…बाट साजन शाहले प्राप्त गरे ।

यस्तै राष्ट्रिय भावनाको गीतको अवार्ड बुद्ध खेल्ने आँगन…बाट विष्णु पौडेलले हासिर गरे ।

यस्तै चलचित्रतर्फ सर्वोत्कृष्ट संगीतकारको अवार्ड छक्का पञ्जाको पूर्व–पश्चिम रेल…गीतबाट राजनराज सिवाकोटीले, सर्वोत्कृष्ट चलचित्र गायन पुरुषको अवार्ड चलचित्र दर्पणछाया–२ को दर्पणमा छाया…गीतबाट राजेशपायल राईले र सर्वोत्कृष्ट चलचित्र गायन महिलाको अवार्ड लुट–२ को ठमेल बजार…गीतबाट मिना निरौलाले प्राप्त गरिन् । लोकदोहोरी तर्फ सर्वोत्कृष्ट लोकदोहोरी गायकको अवार्ड उही खोलीमा पानी…बाट राजन गुरुङले, लोक दोहारी गायिकाको अवार्ड हैन अरूको…गीतबाट शर्मिला गुरुङले, लोकदोहोरी भाकाको अवार्ड जवानीमा धक्का…गीतबाट कस्तुप पन्तले, लोकदोहोरी रचनाकारको अवार्ड मेरो झल्को…गीतबाट प्रल्हाद सुवेदीले, लोकदोहोरी संगीतकारको अवार्ड लाली जोवन…गीटबाट एकनारायण भण्डारीले र लोकदोहोरी नव प्रतिभाको अवार्ड जुल्फी कपाल…गीतबाट युवराज मगरले हासिल गरे ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...