प्रादेशिक राजधानीको चर्चासँगै जग्गाको भाउ आकाशियो

Published Date: December 31, 2017

काठमाडौ, १६ पुस । प्रदेशको राजधानीको बन्ने चर्चासँगै जग्गाको मुल्य पनि आकाशिन थालेको छ । मुस्किलले २ देखि ३ लाख रुपैया पर्ने जग्गाका मूल्य अहिले  राजधानीको चर्चासँगै १५ देखि २० लाख रुपैयाँमा कारोबार हुन थालेका छन् ।

सरकारद्धारा गठित उच्चस्तिरीय समितिले सम्भावित राजधानी प्रदेश १ को लागि सुनसरी, प्रदेश २ को लागि जनकपुर, प्रदेश ३ को लागि काठमाडौं, प्रदेश ४ को लागि पोखरा, प्रदेश ५ को लागि दाङ, प्रदेश ६ को लागि सुर्खेत र प्रदेश ७ को लागि धनगढीलाई प्रस्ताव गरेको छ ।

काठमाडौं केन्द्रीय राजधानी भएकाले जग्गा कारोबारमा खासै प्रभाव परेको छैन भने पोखरा महानगरपालिकाले पोखरा क्षेत्रमा जग्गा प्लटिङमा रोक लगाएको छ त्यसैले पोखराकजग्गाको कारोबारमा खासै कुनै उतार चढाव देखिएको छैन ।   तर, त्यस बाहेक प्रदेश १ को सुनसरीमा केहीअघि ७० लाख सम्म पर्ने एउटा घडेरीको मूल्य अहिले ८० लाखदेखि १ करोडसम्म पुगेको छ ।

त्यस्तै प्रदेश ५ को प्रस्तावित राजधानी दाङ घोराहीमा मुस्किलले २ देखि ३ लाख रुपैयाँ कट्ठा पर्ने जग्गा अहिले १५ देखि २० लाख रुपैयाँमा कारोबार भइरहेको  घोराही उपमहानगरपालिका ७ का स्थानियले बताए ।

यस्तै सुर्खेतमा ३ लाख मिटर पर्ने जग्गा अहिले ५ देखि ६ लाखमा कारोबार भइरहेको छ ।
जनकपुरमा ३० देखि ३५ लाख प्रति कट्ठा पर्ने जग्गा राजधानी बन्ने चर्चा भएसँगै बढेर ४० लाख पुगेको छ ।

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...