नयन्द्रजीको ‘मोड’लाई मेरो शुभकामना (भुमिका)

- श्री कृष्ण भण्डारी

Published Date: January 1, 2018

अनयासै तेलअभिवको पार्क अगाडिको चौवाटोको जेब्रा क्रसिङमा भएको जम्का भेटबाट औपचारिक रुपमा मित्रतामा बलदलिएको यो हाम्रो मित्रताको गाँठो  सदैव सल्लाह सुझाव अनि वैचारिक कुराहरुको आदानप्रदानसँगै यहाँ सम्म आइपुगेको छ । नढाँटी भन्नु पर्दा म आफू कहिल्यै पनि सार्वजनिक रुपमा तेलअभिवमा देखा पर्न चाहिन र कहिलेकाँही देखापरिहाले पनि मान्छेलाई चिन्ने र ठम्माउन नसक्ने  मेरो व्यक्तिगत कमजोरीका कारण प्रस्तूत साहित्यिक कृति ‘मोड’ का लेखक नयन्द्र जीहरु जस्ता सर्जकहरुसँग भेट्ने र घुलमिल हुने बातावरण वनाउन सकिन । हाम्रो त्योदिनको भेटघाटपछि हामिमा मेटिदै गएको दुरी र अहिलेको अवस्थासम्म आइपुग्दासम्मका अनुभवहरुबाट नयन्द्र जीसँगको मेरो मित्रताले मलाई पनि धेरै पाठ सिकाइसकेको छ । नितान्त अग्रगामी विचारका धनी नयन्द्र जीका जतिपनि रचनाहरु छन् ती रचनाहरु अग्रगामी परिवर्तन, सामाजिक क्रान्ति र आर्थिक उन्नतीमा नागरिकहरुको भुमिका के हुनु पर्छ , भन्ने बारेमा गडेका देखिन्छन । मिडिया मार्फत सर्वाधिक रुपमा उहाँका रचनाहरु पाठकहरु सम ल्याउने मिडिया सायद नेपाल इजरायल डट नेट नै होला । त्यसैले उहाँका रचनाहरु अन्य पाठकहरु भन्दा वढी नजिकबाट अध्यन गर्ने र विष्लेषण गर्ने अवसर मलाई प्राप्त भएको छ र नै मैले जति नयन्द्र जीलाई नजिकबाट वुझ्न सक्ने अरु विरलै होलान् । हरेक पटक मलाई रिसाह र घमण्डी भन्छन र छु पनि भनेर भनी रहने नयन्द्र जीमा मैले कहिल्यै पनि त्यो रुप देख्न पाएको छैन यो करिव २ बर्षको हाम्रो मित्रताको अन्तरायलमा ।  जनमानसलाई सकारात्मक सन्देशहरु प्रवाह गर्ने पत्रकार पनि हुनुहुन्छ नयन्द्र चेम्जोङ उहाँले अहिलेसम्म प्राय: समसामयिक विषयवस्तुहरुलाई समेटेर कलम चलाइरहनु भएको छ र आउदा दिनहरुमा पनि उहाँको कलम यहि गतिमा निरन्तर चलिरहने छ भन्ने आशा गर्दछु ।

माथि भने जस्तै अग्रगामी परिवर्तन सामाजिक क्रान्ति र आर्थिक उन्नतीमा जनमानसलाई प्रेरित गर्ने  खालका खुराकहरु पस्किरहने आदरणिय मित्र नयन्द्र जीको जीवनका अनेकन घुम्तीहरुलगायत बैदेशिक रोजगारीको शिलशिलामा भोगेका यथार्थताहरुलाई समेत समाबेश गरी प्रकाशित गरिएको यो कृति मोडमा उहाँले आफूलाई समाजिक जीवनमा ढाल्दा गर्नुपरेका संघर्षहहरु बैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशहरुमा जाँदा भोगेका व्यथाहरुलाई अत्यन्तै मार्मिक ढंगले प्रस्तूत गर्नुभएको छ । उहाँको यो पहिलो कृति वजारमा आएको छ र आशा गरौ यसले अवश्यपनि सफलता हात पार्ने छ ।

अन्तमा जीवन अविरल यात्रा हो । यो धर्तीमा सबैले जन्म लिएपछि सबैले यो यात्रा पुरा गर्नुपर्छ र सबैले आ-आफ्नो ढंगले पुरा गरेक पनि हुन्छन् । तर सार्थक यात्राको लागि गरिने प्रयत्न र  गतिशिलता मात्रै ग्राह्य हुन्छ । मानिस जन्मेपछि कति बाँच्छ भन्ने कुराले कुनै अर्थ राख्दैन । सामाजिक हितकोलागि उसको जीवनको कति समय खर्चेको छ भन्ने कुराले अर्थ राख्छ । यो गन्तव्यहिन जीवन यात्रामा हामीलाई धेरै मोडहरु पार गर्नुपर्ने हुन्छ । मोडहरु दायाँ पनि हुन सक्छन् र बायाँ पनि । कुनै मोडको ख्याल नगरी अगाडि हिड्नेहरू घुम्तीमा पुगेपछि दुर्घनाको शिकार भएका हुन्छन् । यो अदूरदर्शी यात्रामा हामीले  दुबै खुट्टा चाल्नु पर्ने हुन्छ । दायाँ खुट्टाले पनि टेक्नुपर्छ र बायाँले पनि । दायाँ खुट्टा चाल्दा दायाँतिर मात्रै गएको देख्ने र बाँया खुट्टाले टेक्दा बायाँ गएको देख्नेहरूले बाटो बिराएका हुन्छन् मलाई आशा छ आदरणिय मित्र नयन्द्र जी ले पनि यी माथिका हरफहरुलाई आत्मसाथ गर्दै आफ्नो साहित्यिक यात्रालाई गति दिनुहुनेछ । उहाँको साहित्यक यात्रा सफल रहोस् उहाँलाई यही कामना गर्न चाहान्छु ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...