“म एक्ली टुहुरी मेरो जीवन कथा”

- सरस्वती महत 'सरु' - दोलखा

Published Date: January 1, 2018
सरस्वती महत, नेपाल

टुहुरी म अभागिनी कस्तो मेरो भाग्य |

बेदनाको भुमरी यो सहि नसक्नु साध्य ||

विरहमा पिल्सी रहेछु मुटु भरि बेथा |

कहाँ बाटसुरु गरौँ जिन्दगीको कथा ||

वि.स.२०५४ मंसिरको १६ गते म एक्क दुखियारी आमाको कोखबाट जन्म लिएछु |जन्म पश्चात ब्रामणले मेरो नाम “पार्वती” राखी दिनु भएछ |र आजमालाई कसैले मेरो परिचय मागेमा म पार्वती भनेर चिनाउने गरेकी छु |समयको खेल भनौ या भाबिको लेखा दुर्भाग्यबस म जन्मेको केहि दिन पछी मेरो आमालाई प्राण घातक रोग लागेछ र निर्दाही पापी कालले उहाँको प्राण हरेर लागेछ |हरे!म कत्ति अभागिनी मेरो कस्तो भाग्य !जन्मदानै टुहुरी भएर जन्मिएछु,त्यस पछिको मेरो जिन्दगी कस्तो रह्यो होला !जब म जान्ने भएँ संसारलाई नियाल्न सक्ने भएँ तब मलाई थाहा भयो मेरी आमा थीइनन्,मेरी आमाको मृत्यु पछी मेरो बाबाले अर्की आमा बिबाह गरि ल्याउनु भएको रहेछ |मलाई मेरी हजुरमुवाले हुर्काउनु भएको रहेछ |मेरी एक फुपू रहिछन उनैको साहारामा चल्दै खेल्दै मेरो बाला पन बितेछ |जब मैले वृतान्त बास्तबिक्ता थाहा पाउँदा ८औ बशन्त पार गरि सकेको रहेछु |तब सम्मको यथार्थ मलाइ केहि सम्झना छैन | जुन्दिन यी सबै कुरा सुन्दा मलाई धर्ति फारिएर धाँजा परे झैँ दिमाखमा नराम्रो छाप बस्यो त्यसपछिको समय मेरो अत्ति दुखदायी र पिंडादायी बन्न थाल्यो |फुपुको पनि बिबाह भएर पराइ घर जानु भयो |फुपुको बिबाह पश्चात म बेसाहारा भएँ |मेरो कुनै खेल्ने बोल्ने साथि थिएन,म मेरो हजुरमुवालाई “आमा”भनेर बोलाउने गर्थे आमाले मलाई नानि तँ अब ठुली भईस् लगभग सबै कुरा तँलाई थाहा भैसक्यो त्यसैले आफ्नो राम्रो ख्याल राखेस है भन्नु हुन्थियो |एस्तो भन्दा मलाइ आकास नै खसेर थिचेको भान हुन्थियो |क्रमै संग दिन बित्दै थिए एक दिन अचानक मेरो हजुरमुवालाई ज्वरो आएछ आमा दिनदिनै थला पर्दै जानु भयो ,एउटा सामान्य परिवार त्यस माथि पनि पहाडको अनकंतार ठाउँमा नत कुनै उपचारको सुबिधा थियो नत परीवारनै सक्षेम थिए |गाँऊँको रुढिबादी सिदान्त झार फुक र हल्का जडिबुटी खुवाइन्थ्यो,तरै पनि आमालाई निको नभएर झन्-झन् रोगले च्याप्दै लग्यो ,एकदिन आमाले मलाइ छेउमा राखी सुम्सुम्याँउदै भन्नु भयो “तँ टुहुरी कत्ति अभागी रैछ्स अब तँलाई कसले हेर्ला “त्यसको केहि दिन न बित्दै मेरो जिन्दगीमा अर्को बज्र पात पर्यो मेरो हजुरमुवालाई कहिल्यै नफर्कने बाटो यानकी म संग कहिल्यै भेट नहुने गरि म बाट खोसेर लग्यो …….हरे दैब कति निष्ठुरी र निर्दही रहिछस पल-पल मलाई किन एस्तो बज्र प्रहार गर्छस? मलाइ किन लगिनस जहाँ मेरो आमाहरुलाई लागेको थिइस ?मैले तेरो के बिगारी दिएको थिएँर मलाई एस्तो सजायको भागिदार बनाइस ………!!!

त्यस पछी मेरो बुवाले मलाई उहाँको छत्र छाँयामा लैजानु भयो सोचेको थिएँ बुवाको केहि माँया पाँउछुर म जिउनलाई केहि सहज हुनेछ |तर बिडम्बना !!म जस्तो अभागीनिलाई कहा त्यस्तो सौभाग्य मिल्थ्योर ठिक बिपरित हुन् गयो |सानी आमाको कोखबाट जन्मिएको भए पनि मेरा दुई जना भाइ थिए “राज र रञ्‍जित “उनीहरुको अभिभारा मेरो काँधमा आइपुग्यो दिनानु दिन जिम्मेवारी थपिंदै गयो त्यसै माथि गालि गलैचा कसैको ओतप्रोत थिएन म माथि ,म त् अलछिना भएँ रे जन्मिदै आमालाई खाएँ रे आज आएर हजुरमुवालाई पनि मैले नै खाएँ रे एस्तो अलछिना घरमा पसे पछी किन राम्रो हुन्थ्यो सानीआमाको घोचेटो र भनाइ यस्ता ना-ना प्रकारका दोष र आरोप थुपारिनथे म माथि जति राम्रो गरें भन्दा पनि नराम्रो नै देखिन्थ्यो | यसरी नै दिनचर्या बित्दै थिए एक दिन म अचानक बिरामी परें एस्तो अबस्थामा तितै भए पनि एक्बचन त परै जावस् तिखा र धारिला भाला रुपी बचन रोपिन्थ्यो औसधिको साटोमा ….यस्तै -यस्तै रितले आज मा १४ बर्षकी भएकी छु |शिक्षा दिक्षा मेरो लागि एका देशको कथा भयो मत एक अन्जान र अबला ,न आमाको न्यानो काख र मायाँ पाँएं नत बाउको प्यारो काँध ,न दाजु भाई दिदी बहिनीको रमाइलो र मिठो साथ ,नत् गाँउले छर्छिमेकिको केहि राहत ,,,”ओराली लागेको हरिण लाइ बाछोले पनि खेद्छ भनेको उखान झैँ “आज म घर परिवारको अपहेलना र छर्छिमेकिको तिरस्कृत भएर एस्तो दर्दानक जिन्दगि जीबी रहेको छु ! भोलिको भविष्य जो उहाँको ईक्षा र चाहना |

समयको उर्लिंदो भेल संगै आंधी बेहरी भुमरी पर्यो जताततै !

असफलताको शिकार भएँ जता टेक्यो काँदै काँडा टेक्ने ठाउँ छैन कतै !!

एस्तो लाग्छ अबत सुन्यतामा हराई सकेँ,जीवन मृत्युको दोशाध्मा पुर्यायो !

जिन्दगी जिउँदो लाश भयो ,जसले धर्तीलाई बोझ गरायो …………………………..!!

नोट:-यो पार्बतिको बास्तबिक भोगाईको जीवन कथा हो | गल्ति भएमा क्षेमा प्राथी छु !!

(धन्यबाद)



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...