आघात – शान्ति आचार्य, इजरायल

Published Date: January 1, 2018

जिबन यात्राकै क्रममा उनीहरुको भेट भएको थीयो । समयले कस्लाई कहाँ पुर्याउछ गोरेटोमा भेटिन्छन् फेरी दोबाटो आउदा छुटिन्छन तर कहिलेकाहीको कसैसंगको भेट अविस्मरणीय पनी हुन जादो रहिछ । दिलकुमारी र राजकुमारीको पनी संयोगको भेटघाट भएता पनी उनीहरुको माया निकै गहिरो थीयो । जन्मभूमि अनि अफ्नो परीवारको मायालाई गाठो पर्दै आ आफ्नो लक्ष सम्म पुग्नकोलागी कर्मभूमिमा आफ्नो कर्म खोज्न तल्लिन भइरहेका थिए । परीवार संग बिछोदिनुको पिडा अनि परदेशको काम ,साहुको कचकच यी सबै कुराहरुको थकान पनी उनीहरु बिचको मिठो माया र समज्दारिले नै मेटाई रहेको थीयो । दिनभरिको कामको थकान जतिनै भएतापनि बेलुका रूममा आएपछी सबै बिर्सन्थे । कहीले दुखका कुरा त कहीले रमाइला कुरा गरेर घन्टौं बस्ने गर्थे । उनीहरुको ज्यान दुईवटा भएर पनी मनमुटु यौटै थीयो । यतिसम्मकी कहिलेकाही त कुरा गर्दागर्दै उजेलो सम्म भएको पत्तै हुदैनथ्यो । आखिर अर्काको कम रातभरी नसुतेकै भएतापनि बिहान त डिउटी जानुनै पर्यो । डिउटीको समयमा पनी साहुको नजर बाहिर मात्र के पर्छ अनि खल्तीमा मोबाइल र कानमा एरफोन भएपछी जतिनै गारो कम भएपनि सजिलो महसुस हुन्थ्यो । उनीहरुको आत्मियताले यो झल्काइ रहेको थीयो की धनि र गरिबीको दुरी नै छैन । राजकुमारी उच्चा खान्दानकी सदस्य थिइन । उनको लक्ष अफ्नो परिवारलाई उच्चस्थानमा पुर्याउनु र आफन्त हरुको अगाडी अफ्नो स्तर अजै मज्भुत बनाउनु थीयो तर बिचरा दिलकुमारी भने गरीब परिवारकी सदस्य थिइन त्यसैले उनकोलागी बिहान बेलुकाको चुलो बाल्नु परिवारलाई एकसरो लुगा लगाइदिनु अनि छोराछोरि लाई सामान्य स्कुल पढाउनु नै उनकोलागी ठुलो थीयो । गरीब परिवारमा जन्म लिनु नै उनको दुर्भाग्य होला नत चाए जस्तो शिक्षादीक्षा नै पाउन सकिन नत कुनै व्यापार बिज्नेस नै गर्ने आँट गर्न सकिन। मेलापात गरेर दुख जिलो परिवारको आबस्यकता पुरा गर्न नसकेकै कारण उनले घर छोडेर प्रदेश लग्नु परेको थीयो । प्रदेशमा नेपालीहरुनै नभएको पनी त होइन साथीहरु त धरै थिए तर पनी अफ्नो मन मिल्ने खालको र दुख सुखमा साथ दिने साथी नभेटेको हुनाले उनि आफुलाई एक्लो महसुस गर्थिन । लामो समय सम्म दिलकुमारीले प्रदेशमा आफुलाई एक्लो महसुस गरेता पनी जुन दिन देखी उनको भेट राजकुमारी संग भयो त्यसपछी दिलकुमारीले आफु एक्लो अपुरो अधुरो छु भन्ने महसुस नै भएन । राजकुमारी जस्तो साथी पाएर उनि धरै खुशी थिइन त्यसैले आफ्ना आफन्त, श्रीमान, छोराछोरी सबैजनालाई परिचय गराईन अफ्नो आत्मीय साथी भनेर चिनाइन त्यसरी नै राजकुमारीको परीवार संग पनी उनि परिचित हुन चाहन्थिन तर राजकुमारीले भने पछि परिचय गराउछु नी आखिर तिमि र म भनेको त २,४ दिनको साथी होइन हाम्रो मित्रता त जुनीजुनीको हुनेछ तिमीलाई अहीले नै के को हतार भन्ने गर्थिन । गोरेटोमा भेट भए पनी दोबाटो आएपछी छुट्टिनु त पर्छ नै तर तन छुट्टिएर टाढा गए पनी मन संगै रहिरहन नसक्ने भने होइन । कामकै सिलसिलामा राजकुमारीलाई अलिक टाडा जानुपर्यो दिलकुमारीको भन्दा उनको लक्ष फरक भएकोले काम पनी अल्ली बडी गारो थीयो अनि सबै कागजात हरु जुटाउनु पर्ने भएकोले कहीले कहाँ कहीले कहाँ बडिनै दौडधुप गर्नु पर्थ्यो । कामको दौरानमा राजकुमारी व्यस्थ रहुदापनि यता दिलकुमारीले भने राजकुमारीको काम छिटो बनोस भनेर भगवान संग प्रथाना गरिरहन्थिन किनभने दिलकुमारीले राजकुमारीको हरेक खुशीलाई अफ्नो खुशी सम्झनथिन राजकुमारीलाई सानो चोट लाग्दा पनी दिल्कुमरिलाई ठुलो पिडा हुन्थ्यो यहिनै होला साथीको गहिरो माया भनेको । एउटाको दुखमा दुबैजना संगै रुने गर्थे र खुसीमा पनी संगै हास्ने गर्थे । बसाई एकै ठाउँमा नभएतापनि उनीहरु फोनमा या स्कैप मा घन्टौ कुरा गरेर दुख सुख साट्ने गर्दथे । साना साना कुराहरु देखी लिएर घरभित्रका ब्यबराहिक पारिबारिक खुशी सबैकुरा एकअर्कोमा शेयर नगर्दा सम्म उनीहरुलाई निद्रा लाग्दैनथ्यो ।

राजकुमारी जुनकुराको लागी दौडधुप गरिरहेकी थिइन त्यसको लागी सबै प्रक्रिया पुरा भइसकेको थीयो अब रिजल्ट आउन मात्र बाँकि भएकोले दुबैजना रिजल्टको पर्खाइमा थिए । त्यो खुसीको खबर कतिबेला सुन्न पाइएला, त्यो दिन कहीले आउला नभन्दै एकदिन त्यसको नतिजा आयो जहाँ राजकुमारीले सफलता पाइन जुनकुरा राजकुमारीले फोन गरेर दिल्कुमरिलाई सुनाइन अनि दिलकुमारीको खुसीको सिमानै रहेन अनि भगवानलाई दुइ हात जोडेर धन्य भगवान आज मेरी राजकुमारीले अफ्नो गन्तब्य पुरा गरेकि छ यसरीनै सधै मेरो साथीको प्रगति भएको सुन्न पाउँ सधै जुनसुकै क्षेत्र बाट पनी उसले सफलता हासिल गरोस भनेर भट्भताउदै सोकेसमा राखेको मैन बत्ति निकालेर भगवानको नाउँमा राजकुमारीको सफलताको दीप बालिन । जिबनको यो घडी सम्म सायद यतिधरै मन मिल्ने र दुख सुख साट्न लायक साथी नभेटेर हो या नचाएर हो दिलकुमारी कसैसंग पनी यति नजिक भएको थिइन् । आज राजकुमारी संग धरै नजिक भएकै कारण उनि आफुलाई भाग्यमानी सम्झंथींन । आफुले धरै माया गर्ने अफ्नो हितैसी साथी आफु बाट टाढा जाओस भन्ने त कस्ले पो चाहन्छ होला र तर के गर्नु समय कसैकोपनि बसमा रहदैन उत निरन्तर अफ्नो गतिमा बगिरहंछ । यहि समयकै कारण होला उनीहरुको दुरी बिस्तारै टाडा भैरहेको थीयो । दिलकुमारीको पुरानै ठाउं अनि पुरानै काम भएर होला उनि राजकुमारी भन्दा बडिनै फुर्सदिली थिइन् त्यसैले राजकुमारीलाई भन्ने गर्थीन तिमीलाई समय भएको बेला मलाई सम्झने गर ल, सधै म तिम्रो प्रतिक्षा गरिरहने छु । हुनपनि सधै दिलकुमारीले राजकुमारीको फोनको प्रतिक्षामा कुरिरहेकी हुन्थीन् के दिन के रात जुनसुकैबेला भएपनि राजकुमारीको लागी उनको मनको ढोका खुल्ला थीयो । मोबाइलमा चाए जोसुकैको फोन आओस घन्टी सुन्नासाथ उनि सम्झंथीन मलाई मेरी राजकुमारीको फोन आयो । या त भैबर या त स्कैप या मोबाइलमा फोन यस यम यस जुन सुकै घन्टी आउदा पनी उनीलाई राजकुमारीको झझल्को ले निकै सताउथ्यो । मेरी प्यारी राजकुमारी अहीले कहाँ होलिन के गर्दै होलिन दुखमा छन् की सुखमा होलिन आदि इत्यादी कुराहरुले दिल्कुमरिलाई झन् पिडीत बनाई रहेको हुन्थ्यो । उता राजकुमारी भने कामको व्यस्तताले हो या दिलकुमारी जस्तै अरु कोहि मिल्ने साथी भेटेर हो सम्पर्ग पातलो भैरहेको थीयो हिजोको दिन हरुमा घन्टौं कुरा गर्दा पनी कहीले कुरा नसकिने राजकुमारीले आजकल भने त्यति कुरा गर्न खोज्दिनन् फोन गर्दा पनी हाई हेलो सन्चो बिसन्चो सोधेपछी अनि बाई भन्नलाई हतार हुन्छ, भन्छिन म आजकल धरै व्यस्था छु ,हुनपनि उनको काम गारो थीयो अनि लगभग सोह्र घण्टा खट्नु पर्थ्यो , दिलकुमारीले उनको व्यस्ततालाई नबुजेकी पनी होइनन् तर अचम्म के लाग्थ्यो भने बाटोमा हिड्दा गाडीमा यात्रा गर्दा बाथरुम मा जादा समेत सम्पकमा आउने राजकुमारीलाई आजकल एकमिनेट को समय निकालेर के छ खबर भन्ने सम्म फुर्सद नहुदा कता कता दिलकुमारी लाई कतै म बाट अन्जान मै कुनै गल्ति पो भएछ की भन्ने समेत भान हुन्थ्यो । फेरी आफै भन्ने गर्थिन होइन होइन मलाई मेरी राजकुमारीले कहिलै टाढा राख्न सक्दीन । अन्जानमा मबाट गल्तिनै भएको भए पनी उसले मलाई अबस्य माफ गर्छे । आज ३,४ दिन बितिसक्यो राजकुमारी कुनै खबर पनी छैन मोबाइल मा कल गर्दा पनी रिसीव हुदैन यस यम यस को पनी कुनै जवाफ आउदैन दिलकुमारी लाई निकै छटपटी लागी रह्यो गर्नु नै के सक्थिन र कुदेर जान सकिने ठाउं पनी त थिएन। नानाथरिको कल्पना उर्लेर आउथ्यो अनि निदाउदा पनी सपनामा राजकुमारी लाई नै देख्थिन । दिलकुमारीको सपना अनि बिपना हरक्षेण राजकुमारी नै हुने गर्थिन । नेपालीहरुको महान चाड बडादशैं आइरह्हेको थीयो सुभकामना दिने क्रममा दिलकुमारीले सबैभन्दा पैले राजकुमारीलाई नै स्कैप म भिडियो म्यासेज गरिन प्रतिउत्तर को पर्खाइमा थिइन । प्रतिउत्तरमा राजकुमारीले फोन बाटनै बडादशैं को सुभकामना दिदै भनिन हेरन दिलु आजकल म सारै ब्यस्त भएर तिमि संग बोल्न नी पाएन । आखिर काम भनेको काम नै हो पैलो प्राथमिकता त सबैले काम लाई नै दिनु पर्छ । जवाफ मा दिलकुमारीले भनिन र फेरी थपिन राजकुमारी तिमि टाडा हुदा म छटपटाउछुनी खान खाने बेलामा भएपनि यसो मिसकल त गर है… टाढा को कामि भन्दा नजिक भएको उदाउने ढुंगा नै बेस भने जस्तै राजकुमारीको लागी साथीको खाचो पनी त भएन सायद उनले आफु जस्तै पढेलेखेको अनि अफ्नो स्तर सुहाउदो साथी भेटेर होला आजकल दिलकुमारी लाई खासै याद गर्न छोडिसकिन। दिलकुमारीले गरेको म्यासेज र फोन कल पनी उनकोलागी बोज जस्तै भइसकेको रहिछ, बिचरा दिलकुमारीले यो कुरा भने बुजेको थिइन् उनि त सोच्ने गर्थिन राजकुमारी कामको व्यस्तताले गर्दा नै म संग कुरा गर्न समेत पाएको छैन । मेरी राजकुमारीको कहीले फुर्सद होला अनि मन भरिको सबै कुरा भनुला भनेर मनभरी धरै कुरा साचेर राखेकी थिइन । प्रतिक्षाको घडी लामो हुन्छ, दिलकुमारीको लागी भने त्यो दिन पर्तिक्षा मा नै सिमित रह्यो । एकदिनको कुराहो दिलकुमरिलाई राजकुमारीको सारै याद आयो अनि सोचिन फोन त गर्छु तैपनि मिल्ने रहिछ भने एकछिन कुरा गरुला खल्तीको मोबाइल निकालेर डायल गरिन फोनको घन्टी जानासाथ राजकुमारीले फोन रिसिब गरेर खल्तीमा राखिन उता दिलकुमारीले राजी केछ तिम्रो खबर तिमि को संग कुरा गर्दै छौ फोन मेरो रिसिब गरेर कुरा कता रु उनको फोन खल्तीमा रहिछ त्यसैले दिलकुमारी बोलेकोकुरा राजकुमारीले सुनिनन उनि आफ्नै तालमा ब्यस्त थिइन अरु नै कसैसंग मिठा मिठा कुरा भइरहेका थिए, आधा घण्टा सम्म त दिलकुमारीले उनीहरुका कुरा कानी सुनिरहिन त्यसपछी फोन अफ गरिन जुन राजकुमारीले कट गर्छु भन्दा झुकिएर रिसिब भएको थीयो जुन कुरा राजकुमारी लाई थाहानै थिएन । अनिपो दिलुले बुझिन किन उनीसंग एकमिनेट पनी समय छैन भनेर भेटिनु र छुटिनु त समयको रितनै हो । जिबनको यात्रा लामो हुन्छ कहीले को संग भेट हुन्छ फेरी कहीले छुटिनु पर्छ, फरक के भने सबै संगको भेट एकै किसिमको हुदैन कहिलेकहिको कसैसंगको भेट अतिनै अविस्मरणीय हुनजान्छ जुनकी जतिनै डिलेट गर्छु भने पनी कहीले डिलेट हुनै नसक्ने गरि सेभ भैदिएको हुन्छ मित्रतामा धनि गरीब सानो ठुलो हुदैन भन्नेकुरा दिलकुमारीले श्रीकृष्ण र सुधामाको कथाको उदाहरण सधै राजकुमारी लाई सुनाउने गर्थिन आखिर श्रीकृष्ण जी भगवान नै पर्नु भयो मानब र भगवानमा यहि भिन्नता होला । तिमीलाई याद त पक्कैछ होलानी राजकुमारी जुन दिन तिमी कतिदिन देखिको भोकी थियौ त्यो दिन मैले आखा बाट आसु खसाल्दै तिम्रो भोको पेट भरिदिएको त्यसैबेला तिमीले भनेको कुरा आज पनी मेरो कानमा गुन्जिरहेको छ । दिलु तिमि त आज मेरो भगवान भएर आयौ । जुन कुरा जिबन भर मेरो कान म गुन्जी नै रहने छ । जुनबेला तिम्रो भोको पेट भर्नको लागी म आफुलाई नै धराप मा राखेर साहुको आखा छली छली तिमि जतिबेला भन्छेउ त्यतिबेला नै खान तयार बनाएर राखेका दिन हरु सायद आज बिर्सियौ होला । हुनत कुरा जता तिर लैजादा पनी हुन्छ चोरेर खानदिएकीन हो भनेर चोरको संज्ञा दिदा पनी त फरक पर्दैन, हो राजकुमारी म चोर नै हो तर सिर्फ तिम्रो लागी चोरेकी थिए । तिमि दुखमा थियौ भोकी थियौ चोर्नु सिबाय मेरो अर्को विकल्प पनी त थिएन तिमि भोकले छटपटाउदै गरेको हेर्न सक्ने कठोर मुटु पनी त थिएन म संग । मलाई यो पनी थाहा छ की तिमि संग केही नभएर तिम्रो जीबनमा त्यो दिन आएको पनी होइन धन सम्पति शिक्षा सबथोक छ तर कहीले कहिँ यस्तो दिन आउँछ सबथोक हुदाहुदै पनी उपभोग गर्न पाईदैन जुनबेला मान्छेले आफुले आफुलाई दुखी सम्झेको हुन्छ। त्यस्तै दुखको बेलामा नै तिम्रो भेट मसंग हुन पुगेको थीयो । एकफेर पछाडी फर्केर त्योबेलाका ति दिनहरुलाई नियालेर हेर त । राजी आज तिमि कहाँ छौ ? के गर्दै छौ ? तिमि खुशी छौ या दुखी छौ त्यो त मलाई थाहा छैन तर तिम्री दिलु तिमीले जहाँ जस्ती छोडेर गएकी थियौ त्यही र त्यस्तै नै छ जसरि तिम्री दिलुले हिजो तिम्रो खुसीमा रमाउथी अनि तिम्रो पिडामा छटपटाउथी त्यसरीनै आज पनी तिम्रो खुसीको कामना गरेर बसेकी छ । राजी तिमि सधै हिमाल जस्तै हास्नु मयुर जस्तै नाच्नु तिम्रा ति आखामा कहीलै आँसु नआओस कसैको समू झुक्न नपरोस । यो जुनीमा मात्र नभएर सयौ जुनी । जुनी जुनी तिमि खुशी रहनु ल । सायद तिमीले दिलुलाई अजै चिन्न सकिनउ हो र? तिम्रो खुसिकोलागी हो भने आफ्नै दाहिने हात अचानोमा राख्न समेत पछी पर्दिन सिर्फ तिम्रो लागी । आज तिम्री दिलु तिमि देखी टाढा छ तर पनी एक्ली छैन दिलुलाई साथ दिनकोलागी तिमीसंग बिताएका पलहरुको सम्झना छ तिमीले हिजो बोलेका शब्द शब्द हरुको संगालो छ तिमीले पहिले नै दिएको न्यानो माया छ तिमीले लेखेका म्यासेज हरुको संगालो छ अनि धरै तिम्रा तस्बिरहरु छन् तिनै तस्बिरहरु संग आज म गुन्गुनाउछु । टाढा टाढा गयौ तिमि तिम्रो याद मुटु भरी । तिम्रै मुहार घुमिरहन्छ यी नयनको वारी परि । आज म तिम्रा तस्बिर हरु संग धरै गफ गर्छु । राजी म गरीब भएकै कारण तिम्रो असल मित्र बन्न सकिन । गरीबहरु धनका जाती गरीब हुन्छन नी मनका त्यो भन्दा चौ गुना धनि हुन्छन। गरिबले गर्ने माया पबित्र हुन्छ । मैले तिमीलाई माया सिबाय अरु केही त दिन सक्दिन राजी तर जिबनको कुनै क्षेण मा तिमीलाई यो दिलुको याद आएछ भने तिम्रोलागी गरिबको झुपडीमा म लगाएत मेरो परिवारले पनी स्वागत गर्नेछ । तिमीले मलाई जीबनमा सिक्नु पर्ने अतिनै महत्वपुर्ण यौटा पाठ सिकाएर गएकी छौ, जुनकुरा जिबनको कुनै मोड मा फेरी हाम्रो भेट भएछ भने अबस्य भन्ने छु ।

उही तिम्रो खुसीको कामना गरेर बस्ने दिलु (दिलकुमारी)

यस कथाका घटना तथा पत्रहरु सबै काल्पनिक हुन् कसैको वास्तविक जिबनमा मेल खान पुगेमा संयोग मात्र हुनेछ । शान्ति आचार्य (ढकाल) हाल इजरायल



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...