पूर्व डिआईजी सिलवालका नाममा पक्राउ पुर्जी जारी

सूचना पाएपछि सिलवालले छाडे उपत्यका

Published Date: January 2, 2018

नेपाल प्रहरीका पूर्व डिआईजी नवराज सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले पक्राउ पुर्जी जारी गरेको छ ।प्रहरी महानिरीक्षक (आईजीपी) बढुवासम्बन्धी मुद्दामा आफ्नो कार्यसम्पादन मूल्यांकनसम्बन्धी कागज किर्ते गरेको पुष्टि भएको भन्दै काठमाडौं प्रहरी परिसरले पूर्व डीआईजी सिलवालका नाममा पक्राउ पुर्जी जारी गरेको हो ।

नेकपा एमालेबाट ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सिलवाललाई पक्राउ गर्न काठमाडौं परिसरले ललितपुर प्रहरी परिसरलाई पत्राचारसमेत गरिसेकेको छ ।   डीआईजीको कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको भन्दै सर्वाेच्च अदालतले किर्ते गर्नेहरुलाई कारबाहीको आदेशसहितको फैसलाको पूर्णपाठसहितको पत्र पठाएपछि सिलवालविरुद्ध जाहेरी दर्ता भएको थियो ।

सर्वोच्च अदालतको फैसलाका आधारमा प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको थियो ।

उनी ललितपुरका स्थायी वासिन्दा रहेका शिलवाल आफ्नो नाममा पक्राउ पुर्जी जारी गरेको सूचना पाएपछि सिलवालले मंगलबार नै उपत्यका छाडेको स्रोतका बताएको छ ।

पूर्वडीआईजी सिलवालविरुद्ध गत ५ पुसमा काठमाडौं प्रहरी परिसरमा किर्ते मुद्दाको जाहेरी दर्ता भएको थियो । सिलवालविरुद्धको किर्ते मुद्दाको सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवा, महान्यायाधिवक्ता बसन्तराज भण्डारी र प्रहरी महानिरीक्षक प्रकाश अर्यालबीच ३ पुसमा छलफल भएको पर्सिपल्टै ५ पुसमा काठमाडौं प्रहरीमा जाहेरी दर्ता भएको थियो ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...