ल्होछार साँझ २०७४ मा सहभागिता जनाउन कलाकारहरुको अनुरोध

कार्यक्रको अर्को आकर्षण भाग्योदय चिठ्टा उपहार

Published Date: January 2, 2018

आगामी १९ जनवरी शुक्रवार इजरायलको तेलअभिवको याद खरुचिम १५ मार्गस्थित ईभ पार्टी प्यालेसमा  राष्ट्रिय कलाकारहरु गायक आशुशेन लामा, गायिका शशीकला मोक्तान र डिवी लोप्चनको जोडदार प्रस्तुतीका विच आयोजना गरिदै गरेको सोनाम ल्होछार साँझ २०७४ मा सहभागिता जनाउन कलाकारहरुले इजरायलवासी नेपलीहरुमा हार्दिक आह्नान गरेका छन् ।

 २८५३ औ झ्या ल्हो (चरा बर्ग) को बिदाइ तथा नागी ल्हो ( कुकुर)  बर्गको स्वागत गर्दै नयाँ बर्ष २८५४औ को पुनित अवसरमा राष्ट्रिय तामाङ समाज घेदुङ इजरायलको आयोजनामा  सम्पन्न हुदै गरेको उक्त कार्यक्रममा स्थानीय कलाकारहरूको समेत थुप्रै मनोरञ्जनात्मक प्रस्तुती रहने आयोजकले बताएका छन् ।

साँझको ठिक ७ बजेबाट शुरुवात गरिने उक्त कार्यक्रममा उपस्थित दर्शक दिर्घालाई थप मनोरंजन प्रदान गर्न  एभरेष्ट डिस्कोका डिजे विपिन तामाङको साथमा रातभर डिस्को म्यूजिकमा  भरपुर मनोरञ्जन लिन सकिने आयोजकले बताएका छन् ।

यसैविच कार्यक्रमलाई थप आकर्षण प्रदान गर्न यस बर्ष  आयोजकले टिकट लिएर सहभागी हरेकलाई आकर्षक उपहारको दावेदारीको रुपमा प्रस्तुत गर्न भएको छ ।  आयोजकले भर्खरै बजारमा निस्किएको सामसुङको स्मार्ट फोन सहित विभिन्न आकर्षक उपहारहरुको साथमा भाग्योदय चिठ्टाको पनि व्यवस्था गरिएको बताएका छन् । तेलअभिववको नेभेसनान ३८ मा रहेको मोवाइल होमले उपहारको प्रायोजन गरेको छ भने AMRO MOBILE  सहयोगीको रुपमा रहेको आयोजकले जनाएका छन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...