सामाजिक संघ संस्थाहरु राजनिती भन्दा माथी उठ्न जापानमा रहेका गैर आवासीय नेपालीको सुझाव

Published Date: January 4, 2018

टोकियो जापान,
जापानमा बस्ने नेपालीहरुले जापानको संस्कार र संस्कृति बुझ्न कठिनाई हुदै समस्या झेल्नु परेको त्यहाँ क्रियाशिल नेपालीहरुका लागि काम गर्ने संस्थाका अगुवाहरुले बताएका छन् ।
न्यू इअर २०१८ को अवसरमा गैर आवासिय नेपालीसँघ राष्ट्रिय समन्वय परिषद (एन आर एनए-एनसिसी) जापानले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बक्ताहरुले शुभकामना मन्तव्य दिदै जापान आउनुपुर्व जापानको नियम कानुन र संस्कार बुझेर मात्र जापान आउन नेपालीहरुलाई सुझाव दिए । उनीहरुले नेपालीका लागि गठन गरिएका संस्थाहरुमा राजनितिक गन्ध आउन नहुने भन्दै सामाजिक संस्थाहरु गैर राजनितीक हुनुपर्ने बताएका थिए । कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले नेपालीले आफ्नो देशमै लगानी गरी देश फर्कने वातावरणको लागी पहल गर्न समेत नेपाल सरकारलाई अनुरोध गरेका थिए ।
नेपालीले जापानमा रहदा ससानाहरु कुराहरुमा ध्यान नपुर्याउंदा जापानी समुदायमा नेपालीहरुको उपस्थिति र पहिचान नराम्रो बन्दैै गएको प्रति चिन्ता व्यक्त गरेका थिए ।
टोकियोको सोलमारी मुरा हलमा आयोजित कार्यक्रमा एनआरएन जापानले एक सय दिनमा सम्पन्न गरेको कामहरुको विवरण प्रस्तुत गरेको थियो । एनआरएन जापानका कार्यबाहक अध्यक्ष देबिलाल भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा जापानमा क्रियाशिल नेपाली संघसंस्थाको सहभागीता रहेको थियो ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...