राजधानीका लागि बुटवलमा पनि आन्दोलन चर्कियो

Published Date: January 4, 2018

सरकारले प्रादेशिक राजधानी तोक्ने क्रममा ५ नम्वर प्रदेशको राजधानीकोलागि दाङको नाम प्रस्ताव भएसँगै ५ नम्बर प्रदेशको राजधानीको माग गर्दै रुपन्देहीमा पनि आन्दोलन सुरु भएको छ । विहिवार  रुपन्देही कांग्रेसको नेतृत्वमा रुपन्देहीका  विभिन्न स्थानमा बुटवलमा चक्काजाम गर्दै आन्दोलनको शुरुवात गरिएको  थियो ।  वुटवलका विभिन्न व्यस्त सडकहरुमा विहिवार दिउसो घण्टा चक्का जाम भएको थियो ।

आन्दोलनमा कांग्रेस, एमालेसहितका राजनीतिक दल, उद्योग वाणिज्य संघ तथा विभिन्न संघसस्थाहरुले रुपन्देहीबाहेक अन्यत्र राजधानी तोकिए सशक्त प्रतिवादमा उत्रने चेतावनी समेत दिएका छन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...