क्यानडाकालागि नेपाली पर्यटनदूत टण्डनद्वारा अक्षयकोष स्थापना

Published Date: January 5, 2018

हालै मात्र श्री प्रा वि स्कुल लामिदमारको नाममा रु ५० हजार रुपैयाको अक्षयकोष स्थापना गरिएको छ ।

विगत केही बर्षदेखि क्यानडा बस्दै आउनुभएका क्यानडकालागि अनररी पर्यटुनदूत तथा व्यवसायी तुल्सिपुर ४, लामिदमार दाङका नर वहादुर टण्डनले आफु जन्मेको ठाउँमा रहेको स्कुलको नाममा सो अक्षयकोषको स्थापना गर्नुभएको हो ।

गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई मध्यनर गरेर स्थापना गरिएको शो अक्षयकोषबाट प्रत्येक बर्ष गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिने छ ।

त्यस्तै प्रत्येक बर्ष उक्त अक्षयकोषलाई आफैले वृद्दी गर्दै जाने बतउनुहुदै टण्डनले अगाडि भन्नु भयो – “ मैले गरेको सानो सहयोगले स्कुल र विद्यार्थीको भविष्यकोलागि केही सहयोग पुग्छ भने मलाई त्यसबाट खुशी मिल्नेछ ।“

यसै गरी शो अक्षयकोषको संरक्षणकालागि व्यवसायी टण्डनका वृद्द आमा वुवा लाल वहादुर टण्डन र तारा कुमारी टण्डनको अध्यक्षतामा स्कुल व्यवस्थापन समितिका पदाधिकाहरुको समेत सदस्यता रहने गरी अक्षयकोष संचालक समिति गठन गरिएको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...