थाहापाई राख्नुस् ! आलु तरकारी मात्रै नभई औषधी पनि हो

Published Date: January 6, 2018

आलु  ! आलु हाम्रो भान्सामा मात्रै होइन, विश्वभरि नै तरकारीको रूपमा  जति उपयोग हुने गर्छ त्यति सायदै अरू कुनै तरकारीको हुने गर्छ । सदाबहार तरकारीको रूपमा उपयोग हुने आलु शुष्क र न्यानो प्रकृतिको एक कन्दमूल पनि हो । आलुलाई तरकारीको राजा नै भन्दिए पनि फरक पर्दैन ।

आलु हाम्रो लागि तरकारी मात्रै नभई औषधी पनि हो भन्दा सायद तपाईलाई अनौठो लाग्न सक्छ । तर अनौठो नमान्नुहोस्, किनकी यसमा विलक्षण औषधीय गुण हुन्छ भन्ने कुरा वैज्ञानिकहरूले समेत पुष्टी गरिसकेका छन् ।

आलुमा  हाम्रो शरिरको लागि अति नै आवश्यक पर्ने थुप्रै पौष्टिक तत्त्व पाइन्छ  । यसमा क्याल्सियम, फलाम, भिटामिन बी र फस्फोरस प्रचुर मात्रामा हुन्छ । त्यसैले आलुलाई पूर्ण आहार पनि मानिन्छ ।

आलुको नियमित सेवनले नियमित हाम्रा रक्तबाहिनीहरू धेरै उमेरसम्म लचिलो बनाइराख्छ । आलु जुन किसिमको भए पनि त्यसमा शीतल, मलरोधक, मधुर, मलमूत्र उत्पन्न गराउने र रक्तपित्त हटाउने गुण हुन्छ । बलप्रद, वीर्यवर्धक र अल्प मात्रामा अग्निवर्धक क्षमता आलुमा हुन्छ ।

वैज्ञानिकहरूका अनुसार आलुमा १.६ प्रतिशत प्रोटिन, २२.९ प्रतिशत कार्बोहाइड्रेट, ७४.७ प्रतिशत पानी। ०.०१ प्रतिशत क्याल्सियम, ०.०३ प्रतिशत फस्फोरस पाइन्छ । प्रतिसय ग्राम आलुमा भिटामिन ए ४० आइयू र फलाम ०.७ मिलिग्राम पाइन्छ ।

आयूर्वेदको क्षेत्रमा पनि आलुको प्रयोग त्यतिकै उपयोगी मानिन्छ । आयूर्वेदिकका अनुसारका आँखाको तल भएको कालो घेरा हटाउन आलुलाई पिसेर लगाएर लाभदायी हुने पुष्टी भइसकेको छ । आलुमा पाइने पोटासियम साल्टले अम्लपित्तलाई रोक्न काम गर्छ । त्यस्तै मृगौलाका रोगीहरुलाई समेत आलु खानु लाभदायी मानिन्छ । मृगौलामा पत्थरी हुँदा आलु सेवन गरे फाइदाजनक हुन्छ । त्यस्तै, कुनै चोटको कारण रगत जमेर निलो हुने गरेको छ भने काँचो आलु पिँधेर लगाउदा त्यसले लाभ मिल्दछ ।

घामले डढेको छालामा काँचो आलुको रस लगाउने छालामा निखार आउँछ । कालोपोतो र छालाको चाउरीको लागि पनि आलुको रस वरदान साबित हुन सक्छ । यस्तो गुणकारी आलुलाई विम्ब बनाएर अरूलाई होच्याउनतिर लाग्ने कि आलुको सही रूपमा प्रयोग गर्नतिर विचार गर्ने अब आफै सोंच्नुस् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...