एनआरएनए एनसीसी इजरायलद्वारा पत्रकार सम्मेलन गरि बार्षिक कार्यतालिका प्रस्तुत

Published Date: January 12, 2018

एनआइ न्युज ,  इजरायल ।

गैर आवासीय नेपाली संघ समन्वय परिषद (एनआरएनए एनसीसी) इजरायलले  शुक्रवार तेल-अभिवमा बिभिन्न संघ-संस्थाका प्रतिनिधिहरु, इजरायलबासी नेपालीहरु तथा अनलाइन बेस-मिडीयाकर्मीहरुको बिशेष उपस्थितिमा पत्रकार सम्मेलन गरेको छ    । 

परिषदले बिसेष गरि पत्रकार सम्मेलनमा आगामी नयाँ बर्ष २०७५ को  पावन अवसरमा नेपाल आइडलका  बिजेताहरु  क्रमशः   बुद्ध लामा , निशान भट्टराई र प्रताप दासका साथमा कार्यक्रम प्रस्तोता शुशील नेपाल सहितको  टिमलाई इजरायल ल्याई ‘नयाँ बर्ष सांगीतिक साँझ २०७५ को  ‘ आयोजना गर्न लागेको औपचारिक घोषणा  गरेको छ ।

सो अवसरमा एनसीसी  इजरायलले आफ्नो  २०१७-१९ को कार्यकालको  दशौ मिटिंगसम्म आइपुग्दा बिशेष प्रथामिकतामा रहेका र भएका निर्णयहरुलाइ सूचीबद्ध रुपमा  आफ्नो बार्षिक कार्य-तालिका प्रस्तुत गरेको थियो ।

एनसीसी  इजरायलले आफ्नो  २०१७-१९ को बार्षिक कार्य-योजना प्रस्तुत गर्ने क्रममा बिशेष रुपमा  जी टु जी मार्फत कामदार पठाउने प्रक्रियामा के किन र कसरी अवरोधहरु सृजना भए र इजरायलको राजगारी स्थायी रुपमा सुचारु गराउन बिशेष  पहल गर्ने ,    इजरायलको परिवेशमा यहाँ  रहेका सम्पूर्ण संघ=संस्थाहरुलाई समन्वय गरि हरेक साना-ठुला चाडपर्बमा कार्यक्रमहरु जुधिरहेको अवस्थालाई मध्यनजर गर्दै क्यालेन्डर तयारगर्दै कार्यतालिकामा समाबेश गरि यो समस्यामा कमि गराउने उदेश्यले छाता संगठनको भूमिका निर्वाह गर्ने , यो बर्षको कार्य-योजनामा बिशेष गरि साहित्य-अनुरागीहरुका लागि एक  साहित्यिक कार्यक्रम तथा बौध पुर्निमामा बौधधर्म-गुरुको आगमनमा बिशेष प्रबचन सहित बुद्ध जयन्ति  भब्य रुपमा मनाउने लगायतका  कार्य योजना प्रस्तुत गरेको थियो भने  आउदै गरेको  तीजको कार्यक्रममा  पशुपति शर्मा  लगायतका कलाकारहरुको उपस्थितिमा भब्य रुपमा कार्यक्रम गर्ने  पनि घोषणा गरेको छ  ।   यसका साथै विभिन्न जघन्य रोगहरु बाट पिडित नेपालीहरुलाई सहयोगार्थ अक्षयकोषको लागि पनि बिशेष रुपमा ससक्त बनाउने योजनमा रहेको पनि महा-सचिब तेन्जिंग शेर्पाले  प्रष्ट परेका थिए ।

 एनआरएनए एनसीसी इजरायल मध्यपुर्बी क्षेत्रीय समितिमा मात्र सिमित नरही युरोपियन क्षेत्रिय समितिमा दर्ता  भई सकेको हुनाले एनआरएनए एनसीसी इजरायलको गरिमालाई अझ   उँचो होस् भन्ने हेतुले २९ वटा देशको सभागीतामा आगामी २०१९ को जुन-जुलाई मा  ‘१२ औ एनआरएनए एनसीसी क्षेत्रिय सम्मेलन २०१९’ इजरायलमा आयोजना गर्नका  लागि प्रस्ताब गरिएको घोषणा गरेको छ  । 

सम्मेलनमा बिगतका   बर्षहरु जस्तै कार्यक्रमहरुमा हुने  कमि-कमजोरीहरुका बारेमा एनआरएनएले  खेल्ने भूमिकाका   बिषयमा पत्रकारहरुले सोधेका  प्रश्नमा परिषदले धेरै जसो संघ-संस्थाहरुसंग समन्वयको छलफल भै सकेको र केहि संस्थासंग हुने क्रम जारि रहेकोले सबै मिलेर जादा समस्या नरहने बताए ।  साथै सम्मेलनमा सहभागी भएकाहरुले दशैँ-तिहारसम्मको कार्यक्रम अहिले नै तय गर्नु परिषद्को योजना मात्र कार्यक्रममुखी रहेको भन्ने प्रतिक्रियामा सहकार्य गर्न संघ-सस्थाहरुसंग समन्वय भइसकेको र बार्षिक कार्य-तालिकामा नै समाबेश गर्ने हुनाले समस्या नहुने बताए ।

साथै परिषदले नयाँ बर्षको उपलक्ष्यमा आगामी १४ अप्रिल शुक्रवार आयोजना हुने कार्यक्रममा  सम्पूर्ण संघ-सस्थाहरु , इजरायलबासि नेपालिहरु  तथा मिडियाकर्मीहरुलाई कार्यक्रम सफल बनाउन सम्पूर्णको साथ  र सहयोगको अपेक्षा राखेको  बताएको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...