प्रहरीमा एआइजी र डिआइजीको दरवन्दी थप, भाग्य खुल्यो घर जान लागेका डीआईजीको

Published Date: January 14, 2018

काठमाडौं, । सरकारले सशस्त्र प्रहरी बलमा पाँच एआईजी (अतिरिक्त महानिरीक्षक) र नेपाल प्रहरीमा ९ नायव  डीआईजी (महानिरीक्षक) को दरबन्दी थप गरेको छ । यो सँगै सशस्त्र प्रहरी बलमा एआईजीको संख्या ६ बाट बढेर ११ पुगेको छ । नेपाल प्रहरीमा डीआईजीको संख्या ३४ बाट बढेर ४३ पुगेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले  माग अनुरुप प्रहरीको दुवै संरचनामा दरबन्दी थप गरेको हो । यद्यपि, सरकारले यो निर्णय सार्वजनिक गरिसकेको भने छैन । सरकारले अर्थ मन्त्रालयको असहमतिका बाबजुद नेपाल प्रहरी र सशस्त्र प्रहरीमा दरबन्दी थप गर्ने निर्णय गरेको हो ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले मुलुक संघीयतामा गएको भन्दै लामो समयदेखि एआईजी पद थप्न माग गर्दै आएको थियो । नेपाल प्रहरीमा भने सरकारले एआईजीको दरबन्दी थप गर्दै १६ बनाइसकेको छ र प्रदेशमा समेत खटाइसकेको छ । सशस्त्रमा अब थपिने एआईजीलाई प्रदेशमा पठाइने भएको छ । सशस्त्रमा दुई महिनापछि घर जान लागेका डीआईजीहरु पनि अब एआईजी बन्नेछन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...