एनआरएनए इजरायल आइसिसी सदस्य ओली सडक दुर्घटनामा परी सख्त घाइते

Published Date: January 15, 2018

ए1न्यूज इजरायल

एनआरएनए इजरायलका पूर्व अध्यक्ष तथा आइसिसी सदस्य दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते हुनुभएको छ । आइतवार विहान तेलअभिव नजिकै रहेको  रिसोन लेत्चियोनको पश्चिमी भागमा रहेको इच्हाक रोविन रोडमा करिव ८ बजे सडक जक्सनमा मोटरसाइकलमा ग्रिनलाइटमा हिडिरहेका ओलीलाई गलत दिशाबाट आएको निजि कारले ठक्कर दिदा ओली दुर्घटनामा परेका हुन् ।

दुर्घटना पश्चात वेहोस हुन पुगेका ओलीलाई एम्वुलेन्समा तेलासुमेर अस्पताल पुर्याइएको थियो । दुर्घटना भएको करिव आधा घण्टा पश्चात होसमा आउनुभएका ओलीको दुवै खुट्टा फ्र्याक्चर भएका छन् भने छातीमा गम्भिर चोट लागेको छ । हाल ओलीको अवस्था चिन्तामुक्त रहेको ओलीको उपचारमा खटिएका चिकित्सकहरुले जनाएका छन् ।

ओलीको मोटरसाइकललाई ठक्कर दिने निजि कार चालक इजरायली प्रतिरक्षा सेना (आइडिएफ)का जनरल रहेको इजरायली संचार माध्ययहरुले जनाएका छन् ।

तेलासुमेर अस्पतालमा उपचाररत ओलीलाई भेट्न तेलअभिव लगायत त्यस क्षेत्र वरपर रहेका ओलीका शुभचिन्तकहरुको लामो भिड लागेको छ । उपचाररत ओलीले नेपाल इजरायल डट नेटसँगको छोटो प्रतिक्रियामा इजरायलवासी आफन्त, शुभचिन्तकहरुको माया, साथ र आशिर्वादले आफू बाँच्न सफल भएको बताउनुभएको छ ।

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...