होसियार ! दुखाई कम गर्ने औषधी आइबुप्रोफेन(Ibuprofen) सेवनले पुरुषमा बाझोपना हुन सक्छ

Published Date: January 15, 2018

ए1न्यूज अमेरिका रोहितभण्डारी

आइबुप्रोफेन (Ibuprofen) हाम्रो देश नेपाल लगायत संसारभर शरीरमा विभिन्न किसिमका दुखाईहरु कम गर्न प्रयोग हुने औषधी हो । यो औषधी विभिन्न ब्यापारिक नाम जस्तै एडभिल(advil), मोट्रोंन (motrin), आइबु (IBU), Flexion(फ्लेक्सन), प्रोप्रिनल( Proprinal) आदि नाममा उपलब्ध छन्। यो औषधी टाउको दुखाई होस् या महिलाहरुमा महिनाबारीको बेलामा हुने दुखाई देखि लिएर अन्य मासुको र बातको दुखाई कम गर्न दिइन्छ। सामान्य ज्वरो र रुखा खोकीको कारणले हुने दर्दहरूबाट राहत पाउन पनि यो औषधी प्रयोग गरिन्छ।

सबै औषधीहरुको उपचारइतरका नकारात्मक प्रभावहरु हुन्छन. आइबुप्रोफेनको सेवनले सामान्यतया: पेटमा अमलपित्त(Gastritis) हुन्छ त्यसकारण यो औषधी दिदा डाक्टरले अमलपित्त कम गर्ने औषधी एन्टासिड(Antacid) पनि दिने र केहि खाने कुरा खायपछी औषधी खाने सल्लाह दिन्छन।

तर भर्खर अमेरिकामा भएको एक अध्ययनले आइबुप्रोफेन अत्यधिक सेवनले पुरुषहरुमा बझोपना(Infertility) हुनसक्ने देखायको छ ।  सो अध्ययन अनुसार एक दिनमा १२०० मिलिग्राम भन्दा बढी औषधी सेवन गर्ने पुरुषमा प्रजनन् रस (Hormone)को असन्तुलन हुने जसको कारणले पुरुषमा बाझोपन ल्याउन सक्ने देखियको छ। त्यसकारण पुरुषहरुले डाक्टरको सल्लाहबिना र लामो समयसम्म आइबुप्रोफेन सेवन गर्दा साबधान अपनाउनु राम्रो हुन्छ।

सो अध्ययनको बारेमा तलको लिंकमा गइ अध्ययन गर्न सक्नुहुन्छ.

http://www.pnas.org/content/early/2018/01/03/1715035115



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...