औंला काट्नेलाई थुनामा राख्न आदेश, छुटाउन पिडितकै हारगुहार

Published Date: January 16, 2018

तुल्सिपुर, आफ्नै श्रीमानको औंला काटेर खाने  मध्यपश्चिम नेपालको दाङ तुलसीपुरकी एक महिलालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आफ्नै श्रीमानको हातका चारवटा औंला काटेको अभियोगमा पक्राउ परेकी तुलसीपुर उपमहानगरपालिका–१ छोटेकी ६४ वर्षीया रिसमी महतरालाई अदालतले आइतबार थुनामा राख्न आदेश दिएको हो भने अभियुक्तका  पतिले भने पत्नीलाई छोडिदिन भन्दै न्यायाधीशसमक्ष हारगुहार गरे पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन् ।

नेपालगन्जमा उपचार गराएर फर्किएका पीडित महताराले पत्नीले हातको औंला काटिदिएपछि आफू अपांगजस्तै भएको र घरमा स्याहारसुसार गर्ने अरू कोही पनि नभएकाले छोडिदिन आग्रह गर्दै आएका थिए । आफ्नो चार औंला काटेर पोलीखाने पत्नीलाई छुटाउन पीडत महतारा प्रहरीदेखि न्यायाधीशलाई भेट्न पटकपटक पुगेका थिए ।

गत पुस  १२ गते राति उनका पति चन्द्रबहादुर महताराको दायाँ हातका चारवटा औंला काटेर आगोमा पोली खाएको अभियुक्तले प्रहरीसमक्ष बयान दिएकी थिइन् । उनलाई पुस १३ गते बिहान इलाका प्रहरी कार्यालय तुलसीपुरले राप्ती अञ्चल अस्पताल परिसरबाट पक्राउ गरेको थियो ।

श्रीमानले मदिरा सेवन गरेर दिनहु यातना दिने गरेको र परस्त्रीसँग सम्पर्क बढाउन थालेकाले श्रीमानको औला काटेर पोलेर खाएको रिसमीले प्रहरीमा वयान दिएकी छन्।

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...