दुर्घटनामा परी सख्त घाइते एनआरएनए इजरायल आइसिसी सदस्य ओलीको स्वास्थ्यमा क्रमिक सुधार (भिडियो सहित)

Published Date: January 18, 2018

विगत ५ दिनदेखि सवारी दुर्घटनामा परी घाइते भई तेलासुमेर अस्पतालमा उपचाररत एनआरएनए इजरायल आइसिसी सदस्य दिपक ओलीको अवस्था क्रमिक सुधार हुदै गएको छ । दुर्घटना पश्चात वेहोस अवस्थामा अस्पताल पुर्याइएका ओली दुर्घटना भएको आज पाँचौ दिन आफ्नै खुट्टाले उठेर ह्विलचियरमा वसी वरपर गर्न सक्ने भएको ओलीका सहयोगीहरुले बताएका छन्  ।

गत तेलअभिव नजिकै रहेको  रिसोन लेत्चियोनको पश्चिमी भागमा रहेको इच्हाक रोविन रोडमा करिव ८ बजे सडक जक्सनमा मोटरसाइकलमा ग्रिनलाइटमा हिडिरहेका ओलीलाई गलत दिशाबाट आएको निजि कारले ठक्कर दिदा ओली दुर्घटनामा परेका थिए  ।

ओलीको दुवै खुट्टा फ्र्याक्चर भएका छन् भने छातीमा गम्भिर चोट लागेको थियो ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...