विशेष कार्यक्रमको आयोजना गरी इजरायलमा माघे सक्रान्ति पर्व मनाइदै

Published Date: January 18, 2018

एनआइ न्यूज इजरायल,

नेपाल मगर संघ इजरायलले मगर जातिको विशेष सांस्कृतिक पर्व तथा राष्ट्रिय पर्वको रुपमा रहि आएको सांकृतिक पर्व माघे-सक्रान्ति पर्व गएका बर्षहरुमा जस्तै यस वर्ष पनि  विशेष कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाउने तयारी गरेको  छ ।

मगर सँघ इजरायलले इजरायलको तेलअभिवस्थित तखाना मर्काजितको तेस्रो तल्लामा रहेको एभरेष्ट डिस्को हलमा विशेष रात्री भोजको साथमा  औपचारिक  कार्यक्रम गर्दै माघे सक्रान्ति पर्व  भब्य रुपमा मनाउने भएको हो । मगर संघले यसै शि्लशिलामा कार्यक्रमलाई व्यवस्थित रुपले भव्यताकासाथ सम्पन्न गर्नकोलागि संस्थाकी प्रथम उपाध्यक्ष लिला थापा मगरको संयोजकत्वमा  माघे संक्रान्ति समारोह समिति गठन गरेको छ । समितिले संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई विभिन्न कार्यक्रमको वाँडफाँड गरी कार्यक्रम गर्ने तयारी गरेको छ ।

यससँगै माघेसंक्रान्ति समारोह समितिले कार्यक्रममा उपस्थितीकोलागि सम्पूर्ण इजरायलबासी मगर तथा गैर-मगर दाजु-भाइ, दिदीबहिनी, साली-भेना, सोल्टा-सोल्टिनीहरुलाई निम्न मिति स्थान र समयमा उपस्थितिको लागि  हार्दिक निमन्त्रणा  गरेको छ ।

विशेष सांस्कृतिक नृत्यहरुको प्रस्तुति रहने माघे संक्रान्ति साँझ २०७४ मा उपस्थितीकोलागि नेपाल मगर संघ इजरायलले सम्पूर्ण इजरायलबासी नेपालीहरु, मगर दाजुभाई तथा दिदिवबहिनीहरुमा निम्न मिति स्थान र समयमा उपस्थितिको लागि  हार्दिक आमन्त्रणा  गरेको छ ।

ज्योतिषशास्त्र अनुसार सौर तिथिका हिसाबले माघ १ गते देखि सूर्य धुन राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यस पर्वलाई ‘मकर संक्रान्ति’ पनि भन्ने गरिन्छ ।  मुलुकभर नदी,  दोभान तथा त्रिवेणीहरुमा स्नान र मन्दिरमा पूजापाठ गर्नुका साथै रमाइलो गरी मनाइँदैछ । थारु समुदायले यो पर्वलाई ‘माघी’ पर्वका रुपमा हर्षोल्लासका साथ मनाउने गर्छन् भने मगर समुदायले यो पर्वलाई विशेष सांस्कृतिक पर्वको रुपमा भव्यताकासाथ मनाउने गर्दछन् ।

कार्यक्रम तालिका

मिति -१९ जनवरी २०१८ शुक्रबार

समय – बेलुका ठिक ७:०० बजे

स्थान – एभरेस्ट डिस्को हल, तखाना मर्काजित तेलअभिव तेस्रो तल्ला ।

थप जानकारी को लागि सम्पर्क :-

कार्यक्रम संयोजक लिला थापा मगर 0548355345, अध्यक्ष -बिष्णु पुन मगर -0546839265, महासचिव -जमुना थापा मगर 0544361920, संरक्षक -तारा काउचा मगर -0585151863, लगायत मगर संघ इजरायलका पदाधिकारी तथा सदस्यहरुसँग सम्पर्क राख्न सकिने मगर संघ इजरायलले जनाएको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...