हाछ्यु (आछ्यु) रोक्न खोज्नु खतरनाक
ए1न्यूज अमेरिका रोहित भण्डारी

यदि तपाइंलाई रुघा लागेको छ अथवा नाकको अलर्जी छ र हाछ्यु (आछ्यु) आइरहन्छ भने यसलाई सहज रुपले स्विकार्नुस। मतलब त्यसलाई कहिले पनि रोक्ने प्रयास नगर्नुस जुन तपाईंको लागि निकै खतरनाक हुन सक्छ । एक जना ३४ बर्षिया ब्रिटिश जवानले त्यो कुरा बल्ल थाहा पाए जति बेला उनि हाछ्यु (आछ्यु) रोक्दा भएको जटिल समस्याले गर्दा उनलाई २ हप्ता अस्पतालमा बिताउनु पर्यो। यो समस्याको अध्ययन प्रतिबेदनका अनुसार हाछ्यु (आछ्यु) रोक्दा उनको गलामा असामान्य क्षति भएको रहेछ।
सो प्रतिबेदन अनुसार ति जवानले हाछ्यु (आछ्यु) गर्दा नाक र मुख बन्द गरेको खुलेको थियो। त्यसको केहि समयमै उनले घाटीमा असजिलो महशुश गरे र त्यसको २ घण्टा पछी घाटी र गर्दन मा गहिरो दुखाईको अनुभूति गरे। त्यसपछि जब उनको घाटी र गर्दन सुन्नियो अनि बल्ल उनि अस्पतालमा गए।
डाक्टरले उनको समस्याको बारेमा सोध्दा ति बिरामीले भने ” मलाई सार्बजनिक ठाउँ र अरु कसैको अगाडी हाछ्यु (आछ्यु) गर्नु निकै नराम्रो र फोहरी लाग्छ”। जसको अर्थ उनले बिगत ३० वर्ष देखि आफुलाई हाछ्यु (आछ्यु) आउँदा रोक्न प्रयास गर्ने गरेका रहेछन।
डाक्टर ले पहिले उनको घाटी र गर्दन सुनियको फेला परे तर पछी सी टि स्क्यान गर्दा घाटी भित्रको मासु चर्कियको र स-साना हावा भरियका ठाउँहरु रहेको जानकारी पाय। सी टि स्क्यान हेर्दा घाटीको पछिल्तिरको मासुमा हावा भरियाको र श्वाशनली अगाडी पिप जम्मा भयको देखिएको थियो। त्यसको अर्थ बिरामीले हाछ्यु (आछ्यु) रोक्न खोज्दा बाहिर निस्किन नपाएको हावाले घाटीमा सानो प्वाल पारेको रहेछ। भाग्यबश उसको त्यो चर्कियको छिद्र सानो थियो र शल्यक्रिया गर्न नपर्ने खालको थियो।
खासमा हाछ्यु (आछ्यु) गर्दा नाकमा रहेको अलर्जी गराउने चिज बाहिर निकाल्न फोक्सो भित्र हावाको चाँप सिर्जना हुन्छ। नाकमा भयका साना म्युकसका थोपाहरु बाहिर निकाल्दा हावाको गति लगभग १६० कि.मि. प्रति घण्टा हुन्छ।जब तपाईंले त्यो हावा रोक्न खोज्दा त्यो कतै त जानु पर्ने हुन्छ जसले गर्दा घाटी र गर्दनमा क्षति हुन जान्छ। माथि उल्लेख गरियको घटना भन्दा पहिले डाक्टर हरुले हाछ्यु (आछ्यु) रोक्दा नाकको वरिपरी रहेका हावा भरियको ठाउँ(साइनस) र कानको समस्या हुने गरेको पाएका थिए।
यदि तपाईंलाई हाछ्यु (आछ्यु) गर्दा किटाणुहरु जताततै छरिन्छन र यो राम्रो होइन भन्ने लाग्छ भने पनि नाक र मुख बन्द गरेर राख्ने बानि चाँही गर्दै नगर्नुस। त्यसको सट्टा टिस्यु पेपर, रुमाल अथवा आफुले लगायको लुगाको बहुलामा हाछ्यु (आछ्यु) गर्ने गर्नुस् तर हातमा हाछ्यु (आछ्यु) गर्ने भने गर्ने गर्नु हुदैन।
यस सम्बन्धि अध्ययन प्रतिबेदन हेर्न तलको लिंकमा क्लिक गर्नुहोस।
http://cdn.cnn.com/cnn/2018/images/01/20/stopping.a.sneeze.pdf











