युवा उद्यमशीलता अभियान कार्यशाला सम्पन्न

उद्यमी तथा अन्वेषक बन्न रुची भएका विभिन्न क्षेत्रका करिव १०० युवाहरु कार्यक्रममा सहभागि भएका थिए ।

Published Date: January 21, 2018

राष्ट्रिय उद्यमशीलता विकास अभियान र राष्ट्रिय युवा गैर सरकारी संस्था महासंघ नेपालको संयूक्त आयोजनामा आज नेपाल पर्यटन बोर्डको सभाहलमा युवा उद्यमशीलता अभियान कार्यशाला सम्पन्न भएको छ ।

कार्यशालामा इनोभेटिभ कसरी बन्ने, नयाँ सम्भावनाको खाजी कसरी गर्ने, स्थानीय स्रोत साधनको समुचित प्रयोग गरी कसरी व्यवसाय सुरु गर्ने, एग्रसिभ मार्केटिङ्ग कसरी गर्ने , स्वदेशी तथा विदेशी पर्यटकलाई आर्कषित गर्ने कार्यक्रम कसरी निर्माण गर्ने, सृजनशीलता कसरी विकास गर्ने, सफल युवा अन्वेषक र उद्यमीका लागि आवश्यक पर्ने ज्ञान, सिप, पूँजी र प्रविधिको बारेमा छलफल गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक डा. महावीर पुन, सफल युवा उद्यमी राजन शाक्य, राष्ट्रिय उद्यमशीलता विकास अभियानका अध्यक्ष एवं उद्यमशीलता विकास विज्ञ डा. प्रदिपमान तुलाचन, राष्ट्रिय युवा गैर सरकारी महासंघका केन्दीय अध्यक्ष कमल सुवेदीले देशको समृद्धिका लागि युवा उद्यमशीलता विकासमा अति आवश्यक रहेको विचार ब्यक्त गर्नुभयो ।
उद्यमी तथा अन्वेषक बन्न रुची भएका विभिन्न क्षेत्रका करिव १०० युवाहरु कार्यक्रममा सहभागि भएका थिए ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...