अमेरिकाको टेक्सासमा लुटेराको गोली लागी एक नेपालीको निधन

Published Date: January 22, 2018

ए1न्यूज अमेरिका,

मृतक मनिस पाण्डे

संयुक्त राज्य अमेरिकाको टेक्सासमा वन्दुकधारी लुटेराको गोली लागि एक नेपालीको ज्यान गएको छ । टेक्सासको गारल्याण्डको ब्रोडवे एभेन्यूमा रहेको एक्जोन ग्याँस स्टेशनमा शनिबार राति  लुट्न आएका वन्दुकधारी लुटेराको गोली लागि  गोरखा घर भएका ३५ वर्षिय मनिस पाण्डेको निधन भएको हो । राति १२ बजे स्टोर बन्द गर्ने तयारी गरिरहेको बेला  रातको करिवन साढे ११ बजे सो घटना भएको थियो ।

पाण्डे सोही ग्याँस स्टेसनमा  कार्यरत थिए  । उक्त ग्याँस स्टेशनका मालिक पनि मृतकका आफन्त कृष्ण पन्त नेपाली नै हुन् । । पन्तले उक्त ग्याँस स्टेशन सन् २०११ देखि सञ्चालन गर्दै आएका छन् ।

ग्याँस स्टेसनको सिसी टिभिमा देखिएको दृष्य
ग्याँस स्टेसनको सिसी टिभिमा देखिएको दृष्य

गारल्याण्ड प्रहरीलाई उधृत गर्दै स्थानिय संचार माध्ययमहरुले जनाए अनुसार शनिबार मध्यराती दुई जना लुटेराहरु ग्याँस स्टेसनमा घुसेर लुट्न खोजेपछि प्रतिरोध गर्ने  क्रममा लुटेराको गोली लागि पाण्डेको  ज्यान गएको थियो । स्थानीय प्रहरीले सिसि टिभीमा देखिएको दृष्यमा   दुबै लुटेरा कालो वर्णका (हप्सी) रहेको थाहा हुन आएको छ ।

मृतक पाण्डेकी श्रीमति केहि समय अघि मात्र नेपालबाट आएको बताइएको छ उनी साढे महिनाकी गर्भवती रहेको पनि उनका आफन्तबाट थाहा हुन आएको छ ।
पछिल्लो समय अमेरिकामा  बर्ष ग्यास स्टेसनमा यसरी लुट्ने र प्रतिकारमा गोली लागी ठुलो सख्यामा मानिसहरुको मृत्यू हुने गरेको छ । ग्याँस स्टेशनमा कार्यरत रहेकै अवस्थामा दुई वर्ष अघि टेक्ससकै डेन्टनमा नेपाली समिरा शिवाकोटीको हत्या भएको थियो । यसरी ग्यास स्टेसनमा हत्या हुने नेपालीको सख्या दिनानु दिन बढ्दो छ । ग्याँस स्टेसन तथा स्टोरहरुमा जोखिम कम गर्न लुटपाटको क्रममा लुटेराहरुसँग बादबिबाद र भीडन्त नगर्न जानकारहरुले सुझाएका छन ।

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...