अमेरिकी उपराष्ट्रपति पेन्स इजरायली संसदमा बोलिरहदा अरव सांसदको अवरोध

सन् २०१९ को अन्त्यसम्ममा तेलअभिवस्थित अमेरिकी दूतावास जेरुसलेममा सारिने

Published Date: January 23, 2018

एजेन्सी,अमेरिकाले मध्यपूर्वको इजरायलको तेल अभिवमा रहेको आफ्नो राजदूतावास  सन् २०१९ को अन्त्यसम्ममा जेरुसलेममा सारिने बताएको छ ।  इजरायल भ्रमणमा रहेका अमेरिकी उपराष्ट्रपति माइक पेन्सले इजरायली संसदलाई सम्वोधन गर्ने क्रममा दूतावास  सारिने बताएका हुन  । उपराष्ट्रपति पेन्सले   दूतावास सारिने बारे बोलिरहदा ट्रम्पको विवादास्पद घोषणाको विरोधमा रहेका अरब सांसद्हरुले केही बेर अवरोध खडा गरेका थिए ।

सम्बोधनका क्रममा उपराष्ट्रपति पेन्सले अमेरिका इजरायलको पक्षमा  रहेको बताएका थिए । गत महिना राष्ट्रपति डोनल्ड ट्रम्पले जेरुसलेमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिने घोषणा गरेका थिए । उनले  दूतावासलाई सार्नका लागि तयारीहरु थाल्न आदेश पनि ट्म्पले दिएका थिए । जेरुसलेमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिइएको विषयले अमेरिकी उपराष्ट्रपति पेन्सको मध्यपूर्व भ्रमणमा प्रमुखता पाएको छ ।

जेरुसलेमलाई लिएर इजरायल र प्यालेस्टाइनबीच विवाद मात्रै होइन दुबै देशले उक्त भूमिलाई आफ्नो राजधानी बताउने गरेका छन् । इजरायलले जेरुसलेमलाई उसको अविभाजित राजधानी ठान्दछ ।

प्यालेस्टिनी पक्षले भने सन् १८६७ मा भएको मध्यपूर्वी युद्धका क्रममा इजरायलल अधिनस्थ रहेको पूर्वी जेरुसलेमलाई आफ्नो भावी राज्यको राजधानीका रुपमा दाबी गर्दछ । मुसलमान, इसाई र यहुदीहरुले समेत उक्त भूमिलाई पवित्र स्थलको रुपमा मान्ने गरेका छन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...