एक्लै सरकार बनाएर देखाउन एमालेलाई अखिल क्रान्तिकारी उपाध्यक्ष पुनको सुझाव

Published Date: January 25, 2018

अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले एमाले नेताहरुले पार्टी एकताको विषयमा भ्रमात्मक धारणा दिएको भन्दै आक्रोश पोखेका छन् ।

पार्टी एकतापछि सरकार र नयाँ बन्ने पार्टी दुवैको नेतृत्व एमाले अध्यक्ष केपी ओली हुने भन्ने अभिव्यक्तिहरु छताछुल्ल हुन थालेपछि  एमाले नेताहरुलाई ध्यान केन्द्रित गराउन पुनले बिहीबार बिहानै सामाजिक सञ्जाल फेसबुक स्ट्याटसमा एमाले नेताहरुले आफू एक्लैले बहुमत ल्याएको जस्तो गरेर पार्टी र सरकारको नेतृत्व एउटै व्यक्ति हुने भन्दै दिएको अभिव्यक्तिप्रति तिखो आक्रोस व्यक्त गरेका हुन् ।

एमाले महासचिव इश्वर पोखरेल, शंकर पोखरेल, शेरधन राईलगायतका नेताहरुले एकतापछिको पार्टीको अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्ने र त्यो पनि केपी ओली नै हुनुपर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला पुनको यो चेतावनी आएको हो ।

फेसबुकमार्फत उनले यदि एमालेलाई त्यस्तै घमण्ड आएको हो भने एक्लै सरकार बनाएर देखाउन चुनौती पनि दिएका छन् । उनले एमालेले यस्तै घमण्ड गरेमा २०६४ मा माओवादी र २०७० मा कांग्रेसले घमण्ड देखाउँदा प्रतिपक्षमा बस्नुपरेको तितो यथार्थलाई स्मरण गर्न आग्रह पनि गरेका छन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...