गजल – कल्पना पौडेल “जिज्ञासु”, गैडाकोट

आत्माको मिलन भए त्यै सम्बन्धमा घरबार हुन्छ 
पिरतीको सौगात बर्से झुपडी पनि दरबार हुन्छ 

तिम्रो नै भरोसामा नाता समाज छोडि आएँ
लैजाऊ मलाई धेरै टाढा जहाँ मायाको संसार हुन्छ..