३६ लाख नगद सहित चार जना अबैध हुण्डि कारोवारी पक्राउ

Published Date: January 26, 2018

१२ माघ – मोरंग प्रहरीले अबैध हुण्डि कारोवारमा संलग्न चार जनालाई पक्राउ गरी कारबाहि आगाडि बढाएको छ ।  प्रहरीले उनिहरुसंग ३६ लाख १८ हजार २ सय ५० रुपैया नगद समेत बरामद गरेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा बिराटनगर महानगर ७ का १९ बर्षिय शुर्दशन शाह बिराटनगर ११ का २४ बर्षिय निरन्जनकुमार शाह बिराटनगर ६ बस्ने ४१ बर्षिय सन्तोष कुमार रौनियार र बिराटनगर १७ का २८ बर्षिय साकिब आलम रहेका छन । उनिहरुले भाडाको घरमा अस्थायी अफिस बनाएर अबैध रुपमा हुण्डी कारोवार संचालन गरेको आजको नयाँ पत्रिका दैनिकले जनाएको छ ।

प्रहरीले उनिहरुको कोठामा छापा मारेर भारतीय कम्पनी एयरटेलको सिमकार्ड र डायरी बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरुले बरामद रकम ठेकेदार कम्पनीको भएको र आफुहरु कर्मचारी भएको बताएका छन ।

पक्राउ परका सबैलाई अकुत सम्पत्ती आर्जन गरेको आरोपमा सम्पत्ती शुद्धिकरण आयोगमा मुद्दा दर्ता गराउने मोरंगका एसपी अरुण बिसीले  सो पत्रिकालाई बताए ।

यस अघि २७ कार्तिकमा पनि हुण्डी कारोवारकै आरोपमा बिराटनगर ७ मेन रोड स्थित सेठिया मार्केटमा कार्यालय संचालन गरी हुण्डीको अबैध कारोवार गर्दै आएको भनिएका मुख्य नाइके ५५ बर्षिय अनुप सेठिया सहित ६ जनालाई ८६ लाख ५९ हजार रुपैया सहित पक्राउ गरेको थियो । उनिहरु मध्ये सेठियाद्धय, चिरानिया र भारतीय नागरिक कर्णलाई प्रहरीले सम्पत्ती शुद्धिकरणमा मुद्दा दर्ता गराएको थियो ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...