जनसम्पर्क समिति इजरायलद्वारा उदयपुरमा भएको एम्वुस विस्फोटनबाट अंगभंग भएकी कटुवाललाई आर्थिक सहयोग

Published Date: January 28, 2018

माघ,११- प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको समयमा उदयपुरमा भएको एम्बुस बिस्फोटमा परी अपांगता भएकी नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रिय सदस्य मिरा कटुवाललाई नेपाली जनसम्पर्क समिती इजरायलले आर्थिक सहयोग गरेको छ ।

जनसम्पर्क समिती इजरायलकी कोषाध्यक्ष देवी खरेलको संयोजकत्वमा इजरायलमा रहेका नेपालीहरुबाट संकलन गरिएको रु ९० हजार रुपैया नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको हातबाट हस्तान्तरण गरिएको थियो ।

शर्माले पिडित मिरा कटुवालको निवासमा पुगी विशेष कार्यक्रमरका विच रकम  हस्तान्तरण गरेका थिए । सहयोग रकम हस्तान्तरण गर्दै प्रवक्ता शर्माले सहयोग रकम जुटाउने सबैलाई धन्यवाद दिनुका साथैं कटुवाललाई अझैं सहयोगको हात अघि बढाउन सबैमा अनुरोध गरेका थिए ।

कार्यक्रममा बोल्दै पिडित  कटुवालले आफ्नो गास काटेर सहयोग पुर्याउनुहुने सम्पूर्ण सहयोगीहरु लगायत नेपाल जनसम्पर्क समिती इजरायललाई हार्दिक धन्यवाद ज्ञापन गरेकी थिइन । उनले   लोकतन्त्रमा निर्वाध राजनीतिक गतिविधी गर्न पाउने हक-अधिकारलाई रोक्न खोजेर  हिंसात्मक गतिविधी गर्ने र आफूमाथी बम प्रहार गर्नेलाई कडा भन्दा कडा कारवाहि गर्न सरकारसँग माग गरेकी थिइन ।

सो कार्यक्रममा जनसम्पर्क समिति इजालयलका पूर्व अध्यक्ष दिपेन्द्र थापाको समेत उपस्थिती थियो ।

कटवालले प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको समयमा उदयपुरमा भएको एम्बुस बिस्फोटमा परेर एउटा खुट्टा गुमाएकी छिन ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...