खचाखच दर्शकहरुको उपस्थितीमा राष्ट्रिय तामाङ घेदुङ इजरायलको आयोजनामा ल्होछार पर्व मनाइयो

चितवन समाज इजरायलद्वारा कलाकारहरुलाई मायाको चिनो प्रदान

Published Date: January 28, 2018

ए1न्यूज इजरायल

इजरायल १९ जनवरी । राष्ट्रिय तामाङ घुदुङ, इजरायलको आयोजनामा आदिवासी जनजाति समुदायका बौद्धधर्मावलम्वीहरु लगायत तामाङ समुदायहरुले मनाउदै आइरहेको धार्मिक तथा महान्  चाड  ल्होछार पर्व  २८५४औ नागी ल्हो (कुकुर  बर्ग) सोनाम ल्होछार भव्य रूपमा सम्पन्न गरेको छ ।  गत १९ जनवरी शुक्रवार तेलअभिवस्थि इभ पार्टी प्यालेसमा  शेलो गायिका शशिकला मोक्तान, गायकद्वय आशुसेन लामा र डिवी लोप्चनको साथमा विविध सांस्कृतिक कार्यक्रम तथा रात्री भोज (Dinar Party) सहित भव्य रुपमा ल्होछार पर्व मनाइएको हो ।

राष्ट्रिय तामाङ घेदुङ इजरायलकी  अध्यक्ष निर्मला स्याङ्वा लामाको सभापतित्व तथा इजरायलका लागि नेपाली राजदूत निरञ्जन कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा शुभकामना मन्तन्य राख्नुहुदै प्रमुख अतिथि राजदूत थापाले प्रवासमा रहेर पनि आफ्नो जातिगत धर्म संस्कृतीको जगेर्ना गर्दै तामाङ समुदाय लगायत अन्य जातजातीहरुलाई समेत समेटेर एकै ठाउमा जम्मा भई तामाङ जातिको महान पर्व सोनाम ल्होछार पर्व मनाइरहँदा र त्यसमा आफू पनि उपस्थिती हुन पाउदा खुशी व्यक्त गर्दै ल्होछार पर्वको उपलक्ष्यमा इजरायलबासी तामाङ समुदाय लगायत सम्पूर्ण नेपालीहरुमा राजदूतावासको तर्फबाट शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बोल्नुहुदै सभापति निर्मला स्वाङ्वा लामाले राष्ट्रिय तामाङ घेदुङ इजरायलले पहिलो पल्ट आयोजना गरेको उक्त कार्यक्रममा आफुहरुले गरेको निमन्त्रणालाई स्वीकार गर्दै प्रमुख अतिथीको रुपमा पाल्नुभएका राजदूत निरञ्जन कुमार थापा उहाँकी धर्मपत्नी, नेपाली राजदूतावासका कर्मचारीहरुप्रति हार्दिक आभार व्यक्त गर्दै आफ्नो अमूल्य समय दिइ कार्यक्रममा पाल्नुभएका सम्पूर्ण उपस्थितहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले कार्यक्रम सफल गराउन अहोरात्र खटिनुभएका राष्ट्रिय तामाङ घेदुङ इजरायलका पदाधिकारीहरु, विभिन्न संघ संस्थाहरु, प्राविधिक मित्रहरु, संचारकर्मीहरु, कलाकारहरु लगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यसैगरी सम्पूर्णको साथ र सहयोग पाउने अपेक्षा रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा मन्तव्य राख्नुहुदै एनआरएनए इजरायलका अध्यक्ष छिरिङ शेर्पाले सात समुन्द्र पार गरी यसरी विदेशमा रहदा पनि आफ्नो जाती धर्म संस्कृतिको जगेर्ना गर्दै यसरी ल्होछार पर्वको आयोजना गरिनु महत्वपूर्ण रहेको बताउनुहुदै विदेशमा रहेका तामाङहरुले वाडिएर नभई एकतावद्द भई ल्होछार पर्व मनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

यसैविच कार्यक्रम संयोजक विक्रम लामाले राष्ट्रिय तामाङ घेदुङ इजरायलले आफ्नो स्थापना कालको छोटो अवधीमै नेपालका  ख्यातिप्राप्त कलाकारहरुलाई लिएऱ खचाखच दर्शकहरुको उपस्थितीमा यति भव्य कार्यक्रम गर्नुमा ठूलो छलाङ लगाउन सफल भएको बताउनुभएको थियो ।

कार्यक्रममा विक्री गरिएका टिकटहरुलाई लक्की ड्र गरी एक जनालाई लेटेस्ट सामसुङ फोनसमेत प्रदान गरिएको थियो । लक्की ड्रको तेलअभिवको Mobile Homeले स्पोन्सर गरेको थियो भने Amro Mobile सपोर्टरको रुपमा रहेको थियो ।

त्यस्तै कार्यक्रममा आयोजकले खादा तथा Recognition Award प्रदान गरी कलाकारहरुको सम्मान गरेका थिए । कार्यक्रमका दौरान चितवन समाज इजरायलले पनि कलाकारहरुलाई जेरुशलेमको चित्र आकृत मायाको चिनो उपहार स्वरुप प्रदान गरी कलाकारहरुको सम्मान गरेका थिए ।

दोश्रो चरणको कार्यक्रम अन्तर्गत कार्यक्रममा उपस्थितहरुलाई कलाकारहरुले विभिन्न लोकप्रिय सुमधुर गीत संगितहरुको प्रस्तुति दिदैं भरपुर मनोरञ्जन दिलाएका थिए भने साथमा  स्थानिय कलाकारहरुद्वारा तामाङ जातिको संस्कृती झल्किने गीत संगित तथा नेपाली गीत संगितहरुको समिश्रणमा विभिन्न तामाङ सेलो गीतमा रोचक नृत्यहरु प्रस्तूत गरिएको थियो भने कार्यक्रममा प्रस्तूत गरिएका राष्ट्रिय भावनाले ओतप्रोत राष्ट्रिय गीतहरु, विभिन्न लोक आधुनिक प्रकारका तामाङ तथा नेपाली गीत संगितहरुको  बिशेष प्रस्तुतिसँगै डिजे बिपिन तामाङले चर्चित रिमिक्स सहितको डिजे गीतहरूहरूमा चलाएको डिस्कोले उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो ।

कार्यक्रमअनुराज मोक्तानले संचालन गर्नुभएको थियो ।  कार्यक्रममा ज्योज्यो आले नाना भुरुङहरु तामाङ साँस्कृतिक भेषभुसामा ठाटिएको देख्दा प्रवासवाटै पनि स्देशको झझल्को दिलाएको आभास दिन्थ्यो ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...