इजरायल विशेष कार्यक्रम तथा रात्री भोजको साथमा ग्याल्वो ल्होसार मनाइदै

Published Date: January 31, 2018

इजरायलमा रहेका शेर्पा समुदायका नेपालीहरुले गएका बर्षहरु जस्तै यस पटक पनि  २१४५ औं ग्याल्वो ल्होसार वि्शेष कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाउने भएका छन् ।

विश्वभरीका शेर्पाहरु एक हौ’ भन्ने मुल नाराका साथ शेर्पा जातीको भाषा, धर्म, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ स्थापना गरिएको नेपाल शेर्पा संघ इजरायलको आयोजनामा नेपालबाट आमन्त्रित  चर्चित कलाकारहरु दोर्जी लामा शेर्पा र आर्जे लाक्पा शेर्पाको धमाकेदार प्रस्तुतीको साथमा तेलअभिवको याद खरुचिम मार्ग ११ स्थित कालियो (Kaliyo) पार्टी प्यालेसमा  विशेष रात्रीभोजको समेत व्यवस्था रहने गरी ल्होसार साँझ २०१८को आयोजना गरिने भएको हो ।

इजरायलमा कार्यरत नेपालकै पहिलो शेर्पा पप गायक छोङ्ग्बा शेर्पाको साथमा स्थानीय कलाकारहरुद्वारा शेर्पा जातिको रितिरिवाज झल्कने नृत्य, विभिन्न राष्ट्रिय गीतसंगित तथा नृत्यहरु सहित  बेजोड मनोरञ्जनात्मक प्रस्तुति रहने उक्त ल्होछार साँझ २०१८मा  तेलअभिवको नेभेसनान ३८ मा रहेको मोवाइल होमको प्रायोजनमा विशेष उपहार सहित लक्की ड्रको पनि आयोजना गरिने आयोजकले बताएका छन् । त्यस्तै केही साता अघिदेखि शेर्पा जातिको भेषभुषाप्रति आउदो पिढीको माया तथा सम्मान कायम राख्न तथा जातिगत भेषभुसा तथा संस्कृतिप्रति उत्साह प्रदान गरी त्यसको जगेर्ना गर्न टेवा पुग्ने उद्देश्यले   शेर्पा संघ इजरायलको आयोजना तथा मोबाइल होम कै प्रायोजकत्वमा  फेसवूक मार्फतआयोजना गरिएको शेर्पा ड्रेस कम्पिटेसन (Female) को नतिजा पनि सोही कार्यक्रमका दौरान सार्वजनिक गरी विजेतालाई ससम्मान  उपहार तथा  मेडल प्रदान गरिने योजना रहेको आयोजकले जानकारी दिएका छन् ।

१७ फेव्साँरुवरी २०१८ शनिवार साँझको ठिक ७ बजेबाट शुरुवात गरिने उक्त कार्यक्रममा उपस्थित दर्शक दिर्घालाई थप मनोरंजन प्रदान गर्न  एभरेष्ट डिस्कोका डिजे विपिन तामाङको साथमा  डिस्को म्यूजिकमा  भरपुर मनोरञ्जन लिन सकिने आयोजकले बताएका छन् ।  त्यस्तै आयोजकले यस बर्षको ग्याल्वो ल्होछार गएका बर्षहरु भन्दा निकै रौनकपूर्ण रहने दावी गरेका छन् ।

ल्हो अर्थात ऋतु वा वर्ष र (छार) सारको अर्थ नयाँ । अर्थात् ल्होसारको अर्थ हो नयाँ वर्ष । यस पर्वलाई नेपालमा शेर्पा, लामा, ह्योल्मो, तामाङ र गुरुङ समुदायले फरक फरक मितिमा विभिन्न नामले मनाउने गर्दछन् । तामाङहरुले सोनाम ल्होछार र गुरुङहरुले तमु ल्होसार  र शेर्पा समुदायले यसलाई ग्याल्वो ल्होसारको नामले मनाउने गर्छदन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...