इजरायलमा कार्यरत ववी गुरुङको भ्यालेन्टाइन विशेष म्यूजिक भिडियो बजारमा

Published Date: February 2, 2018

पश्चिम नेपालको स्याङ्जा  स्थायी घर भई करिव एक दशक अघिदेखि रोजगारीको शिलशिलामा मध्यपूर्वको इजरायलमा कार्यरत ववि गुरुङ निस्चलको चौथो म्यूजिक भिडियो तिमिलाई नसम्झनु बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

म्यूजिक नेपालले बजारमा ल्याएको बरिष्ठ गायककार राजेशपायल राईको समुधुर स्वरमा सजिएको नेपाली भ्यालेन्टाई विशेष उक्त म्यूजिक भिडियोमा राजकुमार वगरको संगित, राधाकृष्ण आचार्यको निर्देशन रहेको छ भने छायाँकारमा रेशम दर्लामी रहेका छन् ।

फेव्रुअरी १४ भ्यालेन्टाइन डेको पुर्व सन्ध्यामा भ्यालेन्टाइन डेलाई लक्षित गरी सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियोमा सनम कथायत, खुशी र वुद्दी श्रेष्ठले अभिनय गरेका छन् ।

नेपाली साहित्यिक फाँटमा राम्रो पहुँच बनाउदै आइरहेकी गीतकार तथा साहित्यकार ववि गुरुङको गायककार प्रमोद खरेलको स्वर रहेको तिम्रो माया मुटु भरी बोलको म्यूजिक भिडियोबाट गुरुङले वेस्ट लिरिक्समा सातौं विन्दवासिनी म्यूजिक अवार्ड  समेत हात पारिसकेकी छिन् ।

हेर्नुहोस् सार्वजनिक म्यूजिक भिडियो



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...