रुसमा स्टालिनको नाममा बहस भइरहंदा बहसकर्ताबिच नै पिटापिट (भिडियो सहित)

Published Date: February 3, 2018

फेब्रुवरी १, एजेन्सी । रुसमा रेडियोको प्रत्यक्ष बहस कार्यक्रमका दुई जना बक्ताबीच पिटापिट भएको छ ।
रुसी रेडियोको एक प्रत्यक्ष प्रसारित अन्तर्वार्तामा दुइ सहभागीहरुले हात हालाहाल गरेका छन् । नाम चलेका दुर्इ इतिहासविदका बीच निकोलाई स्भानिद्जे र मिखाइल शेभचेंको झन्डै एक घण्टा सोभियत इतिहासमा जोशेफ स्टालिनको भूमिकाको बिषयमा गरमा गरम बहस चलेको थियो । शेभचेंकोले स्टालिनको पक्षपोषण गरेका थिए भने स्भानिद्जेले बिरोध । बहसभरि व्यक्तिगत गालीगलौज र आरोपमा मात्रै सिमित नभएर अन्त्यतिर आइपुग्दा यिनीहरु एक आपसमा पिटापिट नै गर्न पुगे ।

कार्यक्रम संचालिकालाई बोल्नै नदिई उनीहरु दुईजना मात्र झगडा गरिरहेको बेला एक्कासी दुवै जना उठेर एकअर्काका गालामा चड्काएका थिए । पिटापिट भएपछि रेडियो स्टुडियोका कर्मचारीहरुले छुट्एका थिए । कार्यक्रम संचालिकाले त्यस घटनाप्रति दुख व्यक्त गरेकी छन् ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...