भारतिय प्रधानमन्त्री मोदीको “इक्जाम वारियर” नाम पुस्तक सार्वजनिक, के छ त मोदीको “इक्जाम वारियर” मा ?

Published Date: February 4, 2018

४ फेव्रुवरी ।  भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले लेखेको  “इक्जाम वारियर” (परीक्षाका योद्धाहरु) नाम पुस्तक सार्वजनिक भएको छ ।

विद्यालयस्तरका विद्यार्थीहरुमा परीक्षाका बेलामा उत्पन्न हुने तनावलाई कसरी कम गर्न सक्छन् भन्ने विषयमा जानकारी मुलक विषयवस्तुहरु समावेश गरी लेखिएको उक्त पुस्तक शनिबार भारतको ‘पेन्गुइन -यान्डम हाउस’ मा विमोचन गरिएको हो ।

आगामी मार्चदेखि शुरु हुने माध्यामिक तहको बार्षिक परिक्षालाई दृष्टिगत गर्दै लेखिएको उक्त पुस्तक सार्वजनिक गरिएको छ । भारतीय बालबालिकाले परीक्षामा राम्रो नतिजाका लागि आफ्ना अविभावकहरुबाट ठूलो तनाव एवम् दवाव खेप्नुपर्दछ ।

अविभावकहरुको दवावका कारण विद्यार्थीहरु परीक्षाको ठूलो तनावमा पर्ने गर्छन् । यस्तो तनावका कारण माध्यमिक विद्यालयको नतिजासँगै वर्षेनी केही विद्यार्थीले आत्महत्या समेत गर्ने गरेको पाइन्छ ।

यस्तो तनावलाई कमगर्न प्रधानमन्त्री मोदीले लेख्नुभएको सो पुस्तक सहयोगी हुने अपेक्षा गरिएको समाचारमा जनाइएको छ ।

भारतको माध्यमिक शिक्षा केन्द्रीय बोर्डले आगामी मार्च ५ देखि अप्रिल ४ सम्ममा कक्षा दशको बार्षिक परीक्षा सम्पन्न गर्नेगरी परीक्षा तालिका बनाएको छ ।

त्यसैगरी कक्षा १२ को परीक्षा पनि मार्च ५ देखि अप्रिल १३ सम्ममा सम्पन्न गर्ने योजना बोर्डले बनाएको छ ।

भारतीय प्रधानमन्त्रीले यस प्रकारको पुस्तक लेखेको यो पहिलो घटना हो ।

अन्तराष्ट्रिय सञ्चार माध्ययमको सहयोगमा ।

 



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...