फोनमा खर्च गरेको भन्दै कुलमानलाई टेलिकमको सम्मान

टेलिकमको वार्षिक आम्दानी रु ४४ अर्ब ५९ करोड

Published Date: February 5, 2018

काठमाडौं, ५ फेव्रुवरी । नेपाल टेलिकमको १४औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा  विभिन्न व्यक्ती तथा संस्थालाई सम्मान गरेको छ । नेपाल टेलिकमको सिमबाट फोन तथा इन्टरनेट चलाएर सबैभन्दा बढी पैसा तिर्नेहरुलाई टेलिकमले सम्मान गरेको   हो । २०७३ साउनदेखि २०७४ असारसम्म सेवाग्रहीले फोनबाट गरेको खर्चको आधारमा व्यक्तीगत र संस्थागतरुपमा सम्मान गरिएको हो ।

सो अवधिमा पोष्टपेड मोबाइल सेवातर्फ सबैभन्दा धेरै खर्च गर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रिपेड मोवाइल सेवातर्फ पत्रकार पुष्प दुलाल रहेका छन् ।

टेलिकमका अनुसार सो अवधिमा घिसिङले १ लाख ९७ हजार रुपैयाँ बराबरको फोन तथा डाटा चलाएका छन् भने दुलालले ६४ हजार रुपैयाँको खर्च गरेकोले उनिहरुर्ला सम्मान गरेको हो ।
त्यस्तै पोष्टपेडतर्फ संस्थागतमा सबैभन्दा धेरै सुर्य नेपालले खर्च गरेको छ । उसले ९ लाख ८७ हजार बिल तिरेको टेलिकमले जनाएको छ ।

सरकारी स्वामित्वको नेपाल टेलिकमले आव २०७३/०७४ मा रु ४४ अर्ब ५९ करोड आम्दानी गरेको छ । आव २०७२/०७३ मा रु ४४ अर्ब २० करोड आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३९ करोड बढि हो ।

टेलिकमले आव २०७३/०७४ रु २४ अर्ब ५४ करोड राजश्व बुझाएको सोमवार जारी विज्ञप्तिमा उल्लेख छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...