डान्स गर्न नमानेपछि अभिनेत्रीको गोली हानी हत्या, यसरी भएको थियो घटना

Published Date: February 6, 2018

एजेन्सी , ६ फेव्रुवरी । पाकिस्तानकी चर्चित अभिनेत्री तथा गायिका सुमबुल खानको हत्या भएको छ। समृध्द परिवारको एक पार्टीमा डान्स गर्न अस्वीकार गरेपछि उनको गोली हानेर हत्या भएको हो ।

बेलायतबाट प्रकाशित हुने इन्डिपेन्डेन्ट पत्रिकाले पाकिस्तानको स्थानीय पाकिस्तान एक्सप्रेस ट्रिब्युन पत्रिकालाई उद्धृत गर्दै पाकिस्तानको मर्दन शहरमा उक्त घटना भएको जनाएको छ । अभिनेतृ   सुमबुललाई एक प्राइभेट पार्टीमा आफ्नो प्रस्तुति देखाउन निम्तो गरिएको थियो। तर, उनले प्रस्ताव अस्वीकार गरेपछि जबर्जस्ती घरमा छिरेर उनको हत्या गरिएको हो ।

२५ वर्षीय सुमबुलले गत शनिबार पार्टीमा डान्स गर्न अस्वीकार गरेपछि केही व्यक्ति उनलाई घरबाटै उठाएर लैजान आएका थिए । त्यस क्रममा उनले भाग्ने प्रयास गर्दा  उनलाई गोली हानिएको थियो । शरिरको धेरै ठाउँमा गोली लागेकी सुमबुलको घटनास्थलमै निधन भएको थियो।

पाकिस्तान प्रहरीले हत्याराहरु मध्य एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्व प्रहरी अधिकारी समेत रहेका नइम खट्टक नामक  व्याक्ती भएको समाचारमा जनाइएको छ  । बाँकी दुई जना घटनास्थलबाट भाग्न सफल भएको र  भगौडाहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...