नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा प्युठानकाे अाठाैँ साधारण सभा सम्पन्न।

Published Date: February 10, 2018

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा प्युठानकाे अाठाैँ साधारण सभा अाज वाग्दुला प्युठानमा सम्पन्न भएकाे छ ।
अाठाैँ साधारण सभाका विशेष अतिथि तथा प्युठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षापतीले
प्युठान जिल्लामा सहज , सरल र समयमै पाठयपुस्तक उपलब्ध गराउने विषयमा प्युठान जिल्लाका पुस्तक तथा स्टेशनरी व्यवसायीले अधिकतम प्रयास गरी विद्यार्थीहरूलाई समयमै पाठयपुस्तक उपलब्ध गराउने काममा लाग्न सुझाव दिनु भएकाे थियाे । विद्यार्थीहरूले भर्ना सगै पाठयपुस्तक पाउने वातावरण श्रृजना गरी जिल्लाका सवै विद्यार्थीहरूकाे हातहातमा पुस्तक पुराउने काममा अाजै देखि लाग्न पुस्तक व्यवसायीलाई अाग्रह गर्नु भएकाे थियाे । उक्त कार्यक्रममा बाेल्दै विशेष अतिथि कक्षापतीले प्युठान जिल्लाका विद्यालयहरूलाई पाठयपुस्तक उपलब्ध गराउने काममा जिल्लाका सवै स्थानिय तहले सबै किसिमकाे सहयाेग गर्न तयार रहेकाे कुराकाे पनि जानकारी गराउनु भएकाे थियाे ।
कार्यक्रमका प्रमुख अतिथि एवम नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सदस्य बालाराम पाेख्रेलले राज्य सत्ताले गल्ती गरेर समयमा पुस्तक नदिने अनि त्यसकाे दाेष पुस्तक व्यवसायी माथी थुपार्ने चलन भई भएकाे छ यस्ताे कार्य प्रति नेपाल पुस्तक व्यवसायी महासंघकाे ध्यानअाक्रषण भएकाे छ ।
प्युठान जिल्ला अन्य जिल्लाकाे तुलनामा धेरै सफल भएकाे जिल्ला हाे भन्दै उहाँले प्युठान जिल्लाका २०७४ सालका संचालकले शैक्षिक शत्र अगाडि नै ९०% पाठ्यपुस्तक जिल्लामा भित्राएकाे कुरा वताउनु भएकाे थियाे ।सत प्रतिशत पाठयपुस्तक पुराउन नसक्नुकाे मुख्य कारक तत्व विद्यालयले यथार्थ तथ्याङ्क नदिनु नै हाे भन्ने तर्क राख्नु भएकाे थियाे ।
साधारण सभाले जननिर्वाचित प्रतिनिधि प्युठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपती , नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका ५ नम्वर प्रदेश सदस्य सुभास चन्द्र भण्डारी , प्युठान उद्याेग वाणिज्य महासंघका सल्लाहाकार ईश्वरसिंह विष्ट ,चुजाठाटि उद्याेग बाणिज्य महासंघका चुजाठाटिका अध्यक्ष दिनामणि पाैडेललाई सम्मान गरिएकाे थियाे ।
साधारण सभाका अध्यक्ष एवम नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्लाका शाखाका प्युठानका अध्यक्ष सुवास चन्द्र भण्डारीले २०७५ सालकाे शैक्षिक शत्रकाे लागि अावश्यक रणनिति प्रस्तृत गर्नु भएकाे थियाे भने प्रगति प्रतिवेदन सचिव मिनराज भट्टराईले प्रस्तृत गर्नु भएकाे थियाे ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...